रुकुम पश्चिमका भुकम्पपिडितलाई पुनःनिर्माणको पर्खाइ

रुकुम पश्चिमका भुकम्पपिडितलाई पुनःनिर्माणको पर्खाइ

"0" Comments

रुकुम पश्चिम। बुधबार अर्थात माघ २ गते २६ औं भुकम्प सुरक्षा दिवस थरीथरीका गन्थन–मन्थन भए । तर पछिल्लो पटक आएको भुकम्पले क्षतविक्षेत बनेको रुकुम पश्चिममा भने भुकम्पका कारण घरबाबास बिहिन बनेका रुकुम पश्चिमका करिब २८ हजार प्रभावित मध्ये अहिलेसम्म आधाधुधीले मात्रै अस्थाई आवासका लागी टहरा बनाए छन् ।


आफुहरु भुकम्प अझै अस्थायी टहराकै लागि संघर्षरत रहेको आठविसकोट नगरपालिका १४ छेपारेका आशे राणाले बताए । ‘भएको घर भत्कियो । अस्थायी घर त बनाउदै छौ । तर काठपात अनि काम गर्ने मान्छे नपाएर केही ढिला भैरहेको छ’ उनले भने ।


भुकम्प गएको साढे दुई महिना पुग्नै लाग्दा पीडितहरूले पहिलो किस्ता वापतको रकम बुझ्ने क्रम जारी छ । छदाँखादाँको घर भत्किएपछि अब उस्तै र स्थाई घर कहिले बन्ला भनेर पर्खिरहेको सानीभेरी गाउँपालिकाका भुकम्पपिडित शशिराम ओलीले बताए ।


रुकुम पश्चिममा हालसम्म कुल २८ हजार ४३ जना लाभग्राही मध्ये २२ हजार ६५ जना लाभग्राहीले पहिलो किस्ता वापतको अनुदान रकम बुझेको र १४ हजार ६ वटा अस्थायी टहरा बनेका छ । यहाँ अब १४ हजार ३७ वटा अस्थायी आवास बन्न बाँकी छन् । अहिलेसम्म पनि त्रिपालमुनी बसिरहेका आफुहरुलाई त पिडा भएको सानीभेरी गाउँपापलिकाकी भुकम्पपिडित दिव्या पुन ओलीले दुःखेसो गरिन् ।


अनि आफुले अस्थायी आवास बनाएकाहरुलाई पनि त्यसमा पनि दैनिकी गुजारा गर्न मुस्किल भैरहेको सानीभेरी गाउँपालिकाकै भुकम्पपिडित लंक बहादुर चन्दको भनाई छ । उनले भने, ‘काठको खाप–खापबाट चिसो छिर्छ । हिउँदमा यसमा पनि रातदिन कठाउन गाह्रो छ । हामी त पहिलो जस्तो घर कहिले बन्ला भनेर पर्खाईमा छौ ।’


जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्ला विपत कोषबाट पालिकाको खातामा हालसम्म कुल ७० करोड ८९ लाख ५० हजार रुपैयाँ पठाएको बताएको छ । यो रकम मध्ये प्रभावित पालिकाहरुले आईतबार सम्म ५५ करोड १६ लाख २५ हजार रुपैयाँ लाभग्राहीसम्म पठाएको बताईएको छ ।


भुकम्प गएको लामो समय सम्म राहात र अस्थायी आवासकै वरीपरि अलमलिरहेको सरकारले पुणःनिर्माणको काम कहिले र कसरी अघि बढाउने हो कुनै टुङ्गो छैन । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जिल्लाबाट संघमा सबै अवस्था अवगत गराएर पठाएको बताउदै पुनः निर्माणको काम चाडै सुरु हुनेमा विश्वास व्यक्त गरे ।


भुकम्प लगत्तै उद्धार र राहातमा जुन गतिमा काम भयो त्यसपछीका गतिविधीहरु भने निकै सुस्त भएको र अहिलेपनि आधाउधी पिडितहरु त्रिपालमुनी बसिरहेका छन् भन्ने खबर निकै दुःखद भएको बताउदै अधिकारकर्मी नरेन्द्र केसीले ति पिडितहरुलाई सुरक्षित तवरले अस्थायी आवासमा सार्न जरुरी रहको धारणा व्यक्त गरे ।


‘संगसंगै अब पिडितहरु कहिलेसम्म अस्थायी आवासमा वस्ने स्थायी आवासको कामलाई पनि अघि बढाउन जरुरी छ ।’ उनल भने, ‘यसका लागी पुनःनिर्माणको अभियानलाई पनि शिघ्र अघि बढाउन आवश्यक छ ।’