कमल तालको कमल जोगाउनै धौ–धौ
कमल तालको कमल जोगाउनै धौ–धौ
रुकुम पूर्व । गत शनिबार तालबाट कमलको जरा निकाल्न भरमार मान्छे पसेको तस्विर र भिडियो सार्वजनिक भएपछी यस बिषयमा सवत्र चासो र चिन्ता बढेको छ । जिल्ला सदरमुकाम सिस्ने गाउँपालिका–५ रुकुमकोटमा रहेको कमल तालमा पाईन्छ दुर्लव कमल । यतिबेला कमलको जरा निकाल्ने बेला हो ।
अचारका रुपमा प्रयोग गरिने यसको जरा निकाल्न भैरहेको हानथापले कमल लोप हुने जोखिम बढेको छ । जिल्लाको पहिचानका रुपमा समेत रहेको यो तालमा पाईने कमलको जरा फाल्गुण मध्यबाट चैतसम्म निकाल्ने गरिन्छ ।
यसै अनुसार यो बर्ष फाल्गुण १६ देखी चैत ८ गतेसम्म कमलको जरा संकलनको अनुमती दिईएको गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले बताए । ‘हरेक बर्ष पालिकाले कमललको जरा संकलन तथा निकासी सम्बन्धी सार्वजनिक सुचना निकालेर ठेक्कामा दिने गरेको छ ।’ उनले भने, ‘त्यसैअनुसार यो बर्ष पनि ठेक्का लगाईएको छ ।’
न्युनतम १ लाख ३० हजार बोलकबोल रकम तोकेर गाउँपालिकाले जारी गरेको सुचनाका आधारमा स्थानिय राजु शाहले कुल १ लाख ८६ हजार ४ सय ५० रुपैयाँँमा ठेक्का पाएका छन् । तालबाट एक दिनमा कमलको जरा निकाल्नका लागी पुरुषले ८ सय र महिलाले ५ सय तिर्नुपर्ने नियम बनाएको ठेकेदार शाहले बताए । ‘तर मान्छेहरुले तोकिएको रकम नै दिन मान्दैनन् । मनपरी तालमा पस्छन् र कमलको जरा निकाल्छन् ।’ शाह भन्छन् ‘शनिबार धेरै मान्छे एकैचोटी तालमा पसेपछी मैले पनि केही हाउदाउ नै पाइन ।’
पछिल्लो समय तालमा पानिको मात्रा पनि घट्दै गएकाले कमलको जरा निकाल्न सहज बन्दै गएकाले स्थानिय युवाहरुका साथै महिला तथा बालबालिका समेत तालमा पस्ने गरेको पालिका उपध्यक्ष रेउलेको भनाई छ । ‘साविकको भन्दा करिब ३ मिटर जती पानीको सहत घटेको हाम्रो अनुमान छ । यसकारण पहिले अलि पर हुने कमल सम्म पानी घटेकाले जो पनि पसेर निकाल्न सकिने भएको छ । यो दुःखद् अवस्था हो’ उनले भने ।
अचारका रुपमा मात्रै नभएर जण्डिसको समेत औषधी हुने विश्वासका कारण पनि कमलको जराको सेवन गरिने गरेको स्थानिय मदन शाहको भनाई छ । देश–विदेशसम्म कमलो जराको व्यापक माग हुने गरेको बताउदैं शाहले यसकारण पनि निकाल्नेको संख्या बर्षेणी बढिरहेको बताए । ‘पहिले–पहिले थोरैले मानछेले मात्रै कमलको जरा निकाल्थे, तर अब त मनपरी निकाल्न थालियो । यसरी त कसरी जोगिएला र !’ चिन्ता व्यक्त गर्दै उनले थपे, ‘यसमा हामी स्थानिय नै सर्वप्रथम सचेत हुनुपर्ने हो । तर हाम्रो संवेदनशिलता नै रहेन ।’
कमल तालको मापन, अध्ययन र अनुसन्धान तथा यहाँ रहेको कमल बारे पनि आवश्यक अनुसन्धान गरेर यसको संरक्षणका लागी प्रारुप तयार पार्ने कुरामा आफुहरु चुकेको पालिका उपाध्यक्ष रेउलेको भनाई छ । ‘तालबारे अध्ययन गरेर यसको संरक्षण गर्दै कमललाई पनि जोगाउने बारेमा हामी निकै गम्भिर छौ र सकेको गरेकै छौ । तर वैज्ञानिक तवरले काम गर्न भने सकिएको छैन ।’ उनले स्विकारे, ‘अहिले धेरैजसो कामहरु अनुमानकै भरमा भैरहेका छन् । तर सधैभरी यसरी चल्दैन । अब हामी ठोस योजना बनाएर लाग्छौं ।’
एकातिर बर्षेणी तालमा बढ्दै गैरहेको पानिको सहत र अर्कोतर्फ सिजनका बेला कमलको जरा निकाल्न मान्छेहहरुको हानथापले तालको स्वरुप र सुन्दरतामा गम्भिर असर पर्ने अर्का स्थानिय रामबहादुर थापाको छ । ‘अवस्था चिन्ताजनक छ । तर गर्न केही सकिएको छैन ।’ उनले भने, ‘स्थानिय सरकारले सकेको गरेकै भएपनि यत्तिले पुग्दैन । ताल संरक्षणका लागी सरकार र सरोकारवाला सबैको चासो, चिन्ता र सक्रियता उत्तिकै जरुरी छ ।’
जिल्लाको प्रमुख पर्यटकिय गन्तव्यहरु मध्यको एक कमल तालमा पानीको स्रोत के हो भन्ने बारे कुनै अध्ययन गरिएको छैन । पहिले वरीपरीबाट बर्खामा बग्ने पानी तालमा जम्मा गएर ताल भरिलो देखिने गरेकोमा पछिल्लो समय तालको आसपासमा मानविय गतिविधी तथा भौतिक संरचनाको निर्माण बढेपछी ताल घट्दै गएको अनुमान स्थानिय किरण गौतमको छ । ‘तालमा पानीको स्रोत हिजो के थियो र अब के हुनसक्छ भनेर आवश्यक अध्ययन र मन्थन जरुरी छ ।’ उनले भने ‘अनि यहाँ रहेको कमलको पनि महत्व छ । यसको संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारे पनि सोच्नुपर्छ ।’
कमल तालको यो मलको जरालाई निकाल्नेले आफ्नै प्रयोजनका साथै व्यवसायिक हिसावले बिक्री समेत गर्ने गरेका छन् । यसको कुनै मुल्य नतोकिएका कारण निकाल्ने र किन्नेका बिचमा आपसी सहमती गरेर यसको किनबेच हुने गरेको छ । गतबर्ष र यो बर्ष लगातार निकालिएको कमलको जरा त्यसअघिका केही बर्ष भने एक साल बन्द गरेर निकाल्ने गरिएको थियो । बर्षेणी निकाल्दा यसको जराहरुमा गोडमेल गरेको जस्तो हुन्छ र उत्पादन बढ्छ भन्ने केहीको विश्वास छ भने, केहीले चाही बर्षेणी निकाल्दा कमल मासिन्छ यसकारण एक बर्ष बिराएर निकाल्नुपर्छ भन्ने गरेका छन् ।

Hey there, You’ve performed an excellent job. I will definitely digg it and for my part recommend to my friends. I am sure they will be benefited from this web site.
Nice read, I just passed this onto a friend who was doing some research on that. And he just bought me lunch because I found it for him smile So let me rephrase that: Thanks for lunch! “The guy with the biggest stomach will be the first to take off his shirt at a baseball game.” by Glenn Dickey.
I simply had to thank you so much again. I do not know the things that I would’ve sorted out without these thoughts revealed by you regarding that area of interest. It has been a troublesome dilemma in my circumstances, nevertheless looking at the well-written way you treated the issue took me to leap for gladness. I am just grateful for this support and thus have high hopes you realize what a powerful job you are undertaking teaching the mediocre ones all through your website. Most probably you have never met all of us.