दशैँ तिहारमा माटोले घर रङ्गाउने प्रचलन हराउदै
दशैँ तिहारमा माटोले घर रङ्गाउने प्रचलन हराउदै

रुकुम । कुनै बेला दशैं तथा तिहार नजिकिदै गर्दा रुकुम पूर्वको सिस्ने गाउँपालिका– ७ की रमिला गौतमलाई रातो माटोले घर रङ्गाउन भ्याईनभ्याई हुन्थ्यो । गाउँमा धेरै पुराना र मौलिक घरहरु हुन्थ्य । प्रत्यक घर यो बेला रङ्गाउन सबैलाई उत्तिकै हतार हुन्थ्यो । तर पछिल्लो समय त्यो प्रचलन फेरीएको छ । पहिले जस्तो घर रङ्गाउन माटो, कमेरोको खोजी हुदैन ।
किन भने गाउँमा बनेका सबै घरमा सिमेन्टको प्रयोग बढेको छ भने, रंग पनि वजारकै प्रयोग हुन थालेको छ । यसले ग्रामिन जिवनमा एकातिर सहजता त ल्याएको छ । अर्को तिर घरमा हुने खर्च र लगानी बढाएको छ । ‘पहिला पहिला हामि कमेरो, माटोले घर लिप्ने गर्थियौ । घरमा विभिन्न रङ्को माटोले लिपे पछि मात्र दशै आएको जस्तो लाग्थ्यो । घर रमाईलो हुन्थ्यो ।’, गौतमले भने ।
पछिल्लो समय गाउँमा घर लिप्ने माटो खन्ने प्रचलन हराउदै गएको छ । मौलिक घरहरु पनि विस्तारै हराउदै गएका छन् । सिमेन्ट र रडको प्रयोग गरेर घर निर्माण भैरहेका छन् । गाउँमा बन्ने नयाँ घरमा सिमेन्टको प्रयोग हुन थाले पछि मौलिक घरको संख्या घट्दै जान थालेको छ । मौलिक घरहरुमा पनि बजारको रंग प्रयोग हुदै जानु र सिमेन्टको प्रयोग गरिएकाले पनि घरहरु माटो तथा कमेरोले रङ्गाउन नमिल्ने भएकाले घर रङ्गाउने प्रचलन लोप हुदै गएको सिस्ने गाउँपालिका– २ की चन्द्रि खड्काले भनिन् ।
स्वास्थ्यको हिसावले ढुङ्गा माटोको गारोले निर्माण गरिएका घर उपयुक्त मानिए पनि झट्ट हेर्दा आकर्षक देखाउने होटवाजीका कारण पनि गाउँमा सिमेन्ट र बिभिन्न रंगको प्रयोग बढेको हो । मौलिक घर र मौलिक जिवनशैली संरक्षणमा भने कुनै पनि स्थानीय सरकारले निति तथा कार्यक्रममा ल्याउन नसकेको गुनासो पनि स्थानीयबाट सुनिन्छ ।
जिवनशैली, संकृति, भेषभुषा र भाषा पर्यटनका महत्वपुर्ण आधार रहेको भन्दै आधुनिकताको नाममा कहिल्यै आफ्ना मौलिकता भुल्न नहुने सरोकारवालाहरुको भनाई छ ।
I enjoy examining and I believe this website got some really useful stuff on it! .
Hello. splendid job. I did not imagine this. This is a great story. Thanks!
Enjoyed reading this, very good stuff, thankyou. “It requires more courage to suffer than to die.” by Napoleon Bonaparte.
I think other website proprietors should take this web site as an model, very clean and magnificent user genial style and design, let alone the content. You are an expert in this topic!
It’s a shame you don’t have a donate button! I’d without a doubt donate to this excellent blog! I guess for now i’ll settle for bookmarking and adding your RSS feed to my Google account. I look forward to brand new updates and will talk about this blog with my Facebook group. Talk soon!