१६ जीबीसम्म र्याम बढाउन मिल्ने सस्तो मूल्यको इन्फिनिक्स स्मार्टफोन नेपाल आउँदै
१६ जीबीसम्म र्याम बढाउन मिल्ने सस्तो मूल्यको इन्फिनिक्स स्मार्टफोन नेपाल आउँदै
काठमाडौं । नेपाली बजारमा चाँडै नै इन्फिनिक्स हट ४० आई स्मार्टफोन आउने भएको छ । सस्तो मूल्यमा स्टोरेज र पर्फमेन्स खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो फोन सार्वजनिक गर्न लागेको हो ।
इन्फिनिक्स हट ४० आईमा ९० हर्ज रिफ्रेस रेटसहित ६.५६ इन्च पन्च होल आईपीएस एलसीडी डिस्प्ले रहेको छ । ७२०*१६१२ पिक्सेल रेजोलुसन भएको यो फोनले ४८० निट्ससम्मको ब्राइटनेस दिन्छ ।
यो फोन एन्ड्रोइड १३ मा आधारित एक्सओएस १३ बाट सञ्चालित छ । कम्पनीले यसमा युनिसक टी ६०६ (१२ एनएम) चिपसेट राखेको छ ।
त्यस्तै यसमा ५० मेगापिक्सेलको एआई क्यामेरा र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । ५ हजार एमएएच क्षमताको ब्याट्री रहेको फोनमा कम्पनीले १८ वाटको चार्जर उपलब्ध गराएको छ । यसका लागि रिभर्स चार्जिङ सहित टाइप-सी चार्जर उपलब्ध गराइएकाे छ ।
नेपाली बजारमा फोनकाे मूल्य ४/१२८ जीबी भेरियन्टकाे १४ हजार ९ सय ९९ रुपैयाँ, ८/१२८ जीबी भेरियन्टकाे १७ हजार ४ सय ९९ रुपैयाँ र ८/२ सय ५६ जीबी भेरियन्टकाे १९ हजार ९ सय ९९ रुपैयाँ कायम हुने अनुमान छ ।
कम्पनीका अनुसार ८ जीबी र्याम भेरियन्टमा थप ८ जीबी भर्चुअल र्याम र ४ जीबी र्याम भेरियन्टमा थप ४ जीबी भर्चुअल र्याम राख्न मिल्छ ।