नेपालको सन्दर्भमा वैदेशिक रोजगारी  

नेपालको सन्दर्भमा वैदेशिक रोजगारी  

"6" Comments

सामान्यतया¸ कुनै एक राष्ट्रको नागरिकले अर्को कुनै राष्ट्रमा गएर आय आर्जन गर्नुलाई वैदेशिक रोजगारी भनिन्छ । नेपाल जस्तो विकासशील मुलुकको लागि वैदेशिक रोजगारीको क्षेत्र आय आर्जनको एक प्रमुख क्षेत्रको रुपमा रहेको छ । मुलुकको गरिबी घटाउन, विकास निर्माणका कार्यहरु गर्न र शिक्षा, स्वास्थ्य जस्ता नागरिक कल्याणका क्षेत्रमा लगानी गर्न वैदेशिक रोजगारीको क्षेत्रले ठूलो मात्रामा विप्रेषण मार्फत योगदान गरिरहेको छ । यो क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुलाई समाधान गर्दै वैदेशिक रोजगारीलाई सहज, विश्वसनीय र सुरक्षित बनाउनु आजको अपरिहार्य आवश्यकता हो भन्न सकिन्छ ।

हाल नेपालमा वैदेशिक रोजगारी राष्ट्रको अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको छ । नेपालमा केहि वर्ष यता विदेशमा गएर आय आर्जन गर्नेको लर्को नै चलेको छ । नेपालमा रोजगारी प्रयाप्त नभएकै कारण नेपाली युवा विदेशमा गएर श्रम गर्न बाध्य छन् । अधिकांश नेपाली युवाहरु बाध्यताले र कोही भने रहर वा अरुको देखासिकीमा पनि वैदेशिक रोजगारमा गएको पाइन्छ । देशमा रोजगारीको अवसर न्यून भएकोले, देशको आर्थिक स्तर निम्न भएकाले, राजनीतिक प्रतिवद्धताको कमी भएकाले, आफन्त र परिवारको दबाब तथा निम्न जीवन स्तर भएकाले नेपाली युवा वैदेशिक रोजगारीमा जान वाध्य छन् ।

नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा श्रम मूल्य र रोजगारीको अवसर न्यून हुने हुनाले नेपाली युवा श्रमको मूल्य र रोजगारको अवसर प्राप्त गर्न विदेशिने गरेको देखिन्छ । विगतका केही वर्ष यता वैदेशिक रोजगारीमा जाने नेपालीहरुको सङ्ख्या उल्लेखनीय रुपमा वृद्ध भएको पाइन्छ ।

नेपालले १११ मुलुकलाई संस्थागत रुपमा वैदेशिक रोजगारीमा  जान खुला गरेको छ र व्यक्तिगत श्रम स्वीकृतिमा करिब ७२ राष्ट्रमा नेपालीहरु कामका लागि गएको पाइन्छ । नेपालमा वैदेशिक रोजगारीको लागि करिब ६ लाख भन्दा बढी श्रम शक्ति बजारमा प्रवेश गर्ने गर्छन् । आर्थिक वर्ष २००८/०९ देखि आर्थिक वर्ष २०१३/०१४ को अवधिसम्म वैदेशिक रोगारीको लागि जारी गरिएको श्रम स्वीकृति १३७% ले बढेको देखिएको छ ।यो आँकडा हालसम्म अझ बढेको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको  सङ्ख्या ५५ लाख २६ हजार ७ सय ४ रहेको छ । जसमध्ये ९६.५% पुरुष रहेका छन् भने ५.६% महिला रहेका छन् । त्यस्तै दैनिक १,००० भन्दा बढी युवा वैदेशिक रोजगारका लागि विदेशिने गरेका छन् ।

वैदेशिक रोजगारबाट नेपाललाई हुने मुख्य लाभ भनेको विप्रेषण (Remittance) नै हो । नेपालमा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति विकास भए सँगै विप्रेषणको आप्रवाहमा वृद्धि भई आर्थिक विकासमा महत्त्वपूर्ण विकास पुगेको छ । हाल वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख स्रोत वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण नै रहेको छ । नेपालको करिब ५६% परिवारले विप्रेषण आय प्राप्त गरिरहेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा करिब १००७ खर्ब ३९ अर्ब बराबरको विप्रेषण भित्रिएको थियो । यो कुल  गार्हस्थ उत्पादनमा करिब २०.८% रहेको छ । विप्रेषण आयले विगतका केही वर्षहरुमा उत्साहजनक रुपमा गरिबी र भोकमरी हटाउन महत्त्वपूर्ण योगदान पुर्याएको देखिन्छ । यदि विप्रेषण प्राप्त हुन रोकिए गरिबीको रेखा १९.३% देखि ३५.३% सम्म बढ्न सक्ने सरकारी अनुमान रहेको छ ।

रोजगार, आर्थिक अवसर, गरिबी निवारण, विप्रेषण र राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानका दृष्टिले वैदेशिक रोजगार अत्यन्तै महत्त्वपूर्ण क्षेत्रका रुपमा स्थापित भएको छ । तर पनि नेपाली समाजले वैदेशिक रोजगारीका लागि महङ्गो सामाजिक मूल्य पनि चुकाउँदै आउनु परेको छ । करिब ८०० नेपालीहरुले वैदेशिक रोजगारको क्रममा आफ्नो ज्यान गुमाउनु परेको छ । त्यस्तै वर्षेनी करिब १००० भन्दा बढी नेपालीहरु विभिन्न दुर्घटनामा परी अङ्गभङ्ग हुन परेको छ ।

साथै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या वृद्धिसँगै राष्ट्रमा वैदेशिक रोजगारीमा लाग्ने नाममा ठगी, शोषण गर्ने कार्यहरु पनि वृद्धि हुँदैछन् ।

वर्तमान समयमा वैदेशिक रोजगारमा जाने नेपालीहरुको सङ्ख्या वृद्ध भएसँगै स्वदेशमा अनियमितता, ठगीका घटनाहरु जल्दाबल्दा छन् । गन्तव्य राष्ट्रको समाज, संस्कृति, जीवनपद्धति, वैदेशिक श्रमिकको अधिकार र सुरक्षा व्यवस्थाका कुरा आदिका बारेमा पर्याप्त जानकारी नलिई गएका कारण जोखिममा पर्ने सम्भावना हुन्छ तर नौलो मुलुको मानिसहरु, त्यहाँको चालचलन, जीवनपद्धति, प्रविधि, इत्यादि कुराका बारेमा ज्ञान आर्जन गर्न सकिन्छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित र भरपर्दो बनाउदै वैदेशिक रोजगारबाट हुने आर्थिक तथा गैरआर्थिक लाभबाट गरिबी निवारण तथा राष्ट्रको दिगो आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्यका साथ नेपाल सरकारले वैदेशिक रोजगारसम्बन्धी विभिन्न संवैधानिक तथा कानुनी व्यवस्थाहरु गरेको छ ।

नेपालको संविधान, २०७२ को धारा ५१ (झ) मा श्रम र रोजगारसम्बन्धी नीति अन्तर्गत वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकार प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने, वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीतिलाई अवलम्बन गरेको छ ।

त्यस्तै वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा विभिन्न श्रम कार्यालयहरु संस्थागत रुपमा कार्यहरु गर्दै आइरहेका छन् । वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन विभिन्न कानुनी व्यवस्था पनि भएका छन् । ती व्यवस्थाहरु निम्नलिखित छन् :

  • वैदेशिक रोजगार ऐन, २०६४
  • वैदेशिक रोजगार नियमावली, २०६४
  • वैदेशिक रोजगार नीति, २०६८
  • वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१
  • वैदेशिक रोजगारमा गएका नेपाली कामदारको कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका, २०७५

वैदेशिक रोजगारलाई सुरक्षित बनाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालयले अर्थपूर्ण कार्यहरु गर्दै आइरहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वेदेशिक रोजगारसम्बन्धी नीति, कानून, मापदण्द, व्यवस्थापन तथा नियमन गर्ने कार्य गर्दछ ।

त्यस्तै वैदेशिक रोजगार विभागले नीतिगत, नियमनकारी कार्य, प्रवर्द्धनात्मक तथा अनुसन्धनात्मक कार्यहरु गर्ने गर्छ । यसका कार्यहरु निम्नलिखित छन् :

(१) नीतिगत कार्य :

  • वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्यप्रणाली निर्माण गर्ने,
  • वैदेशिक रोजगारसम्बन्धी गन्तव्य मुलुकसँग श्रम सम्झौतासम्बन्धी कार्य गर्ने,
  • सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थासँग सहकार्य गर्ने,
  • वैदेशिक रोजगार र अन्तर्राष्ट्रिय आप्रवासन सम्बन्धमा समन्वय र सहकार्य गर्ने ।

(२) नियमनकारी कार्य :

  • वैदेशिक रोजगारी अभिमुखीकरणसम्बन्धी तालिम प्रदान गर्ने संस्थालाई अनुमति प्रदान गर्ने तथा नियमन गर्ने,
  • वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणसम्बन्धी कार्य गर्ने,
  • वैदेशिक रोजगारीसम्बन्धी गुनासो व्यवस्थापन,
  • कामदारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा समन्वय गर्ने,
  • घरेलु कामदार तालिम दिने संस्था दर्ता, नवीकरण तथा नियमन गर्ने,
  • वैदेशिक राजगारसम्बन्धी उजुरीको अनुसन्धान गर्ने,
  • वैदेशिक रोजगार व्यवसाय सञ्चालनको इजाजत पत्र प्रदान, नवीकरण, कारवाही तथा संस्था खारेज गर्ने इत्यादि ।

(३) प्रवर्द्धनात्मक तथा अनुसन्धानमूलक कार्य:

  • जनचेतनामूलक सूचना प्रवाह गर्ने,
  • सुरक्षित आप्रवासन सम्बन्धमा सहयोग र सहकार्य गर्ने,
  • सम्भावित गन्तव्य पहिचान गर्ने आदि ।

त्यस्तै वैदेशिक रोजगार बोर्डले अन्तर्राष्ट्रिय श्रम बजारको अध्ययन गर्ने, नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजी गर्ने, वैदेशिक रोजगार प्रवर्द्धनको लागि सूचना सङ्कलन, प्रशोधन, प्रकाशन गर्ने, वैदेशिक रोजगारी कल्याणकारी कोषको परिचालन गर्ने, वैदेशिक रोजगार अभिमुखीकरण तालिमको पाठ्यक्रम तर्जुमा र स्वीकृति गर्ने लगायतका कार्य गर्दछ ।

यति धेरै व्यवस्थाहरु, ऐन, नीति नियम भएता पनि केही मुलभूत समस्या, चुनौतिका कारण यी नीति नियम प्रभावकारी रुपमा कार्यान्वय हुन सकिरहेको छैन र अपेक्षित प्रतिफल प्राप्त भैरहेको छैन ।

वैदेशिक रोजगारमा जान चाहने कामदारहरुलाई सही सूचना प्रवाह हुन नसक्दा गन्तव्य मुलुकमा कामदारको सुरक्षा प्रमुख समस्याको रुपमा देखिएको छ । त्यस्तै वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण उत्पादन क्षेत्रमा प्रभावकारी ढङ्गले उपयोग नहुनु, कानूनमा व्यवस्था भएबमोजिम अनिवार्य अभिमुखीकरण तालिमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु, दक्ष एवम् व्यवसायिक तालिम प्राप्त जनशक्ति उत्पादन गर्न नसक्नु, त्यस्तै वैदेशिक रोजगारमा व्यवसायीहरुसँग सम्बन्धित एजेन्सीहरुको संस्थागत क्षमता कमजोर हुनु, गन्तव्य मुलुकको रोजगारदातासँग सिधा पहुँच नहुनु, कार्यप्रणालीमा पारदर्शीताको कमी हुनु, गैरकानुनी ढङ्गले वैदेशिक रोजगारीमा जानु आदि यस क्षेत्रका मुख्य समस्याको रुपमा रहेको वैदेशिक रोजगार नीति, 2068 ले औँल्याएको छ । यी बाहेक अझै पनि धेरै समस्याहरु रहेका छन् जो हालसम्म समाधान हुन सकिरहेका छैनन् ।

यस क्षेत्रमा थुप्रै चुनौतिहरु पनि रहेका छन् जो देहाय बमोजिम छन् :

  • कामदारको हितको सुरक्षा र समस्यामा परेका कामदारको उद्धार गर्नु,
  • रोजगारदाता राष्ट्रहरुसँगको सम्बन्ध सुदृढ गर्नु,
  • विप्रेषण आयलाई उत्पादनमूलक काममा लगाई पुर्नस्थापना गर्नु,
  • विप्रेषण आयलाई औपचारिक बैङ्किङ् प्रणाली मार्फत भित्र्याउनु,
  • आवश्यकता अनुरुप कामदारहरुको दक्षता, सीप विकास गर्नु,
  • वैदेशिक रोजगारका लागि गएका नेपालीहरुको आधारभूत मानव अधिकारको संरक्षण गर्नु,
  • कुटनीतिक नियोगलाई सक्षम र सुदृढ गराउँदै गन्तव्य मुलुकमा पनि नियोगहरु स्थापना गर्नु आदि ।

वैदेशिक रोजगारको क्षेत्र नेपालको अर्थतन्त्रको लागि अत्याधिक महत्त्वपूर्ण रहेकाले यस क्षेत्रलाई अझ सुरक्षित, विश्वसनीय, गुणस्तर र भरपर्दो बनाउनका लागि देहाय बमोजिमका सुझावहरु अवलम्बन गर्न आवश्यक देखिन्छ :

  • वैदेशिक रोजगारीसम्बन्धी भएका संवैधानिक व्यवस्था, नीति नियमलाई प्रभावकारी र कडाइका साथ कार्यान्वय गर्ने,
  • वैदेशिक रोजगारीका लागि न्यूनतम सीप हासिल गरेर मात्र जाने वातावरण सिर्जना गर्ने,
  • वैदेशिक रोजगारबाट फर्केकाहरुको समूह तयार गरी तिनीहरुलाई राज्य निर्माणमा परिचालन गर्ने,
  • अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारका अवसरहरु पहिचान र प्रवर्द्धन गर्ने,
  • वैदेशिक रोजगार व्यवस्थापनमा सुशासन कायम गर्ने,
  • वैदेशिक रोजगार व्यवसायी तालिम प्रदायक संस्था, बैङ्क तथा वित्तीय संस्थालाई सामाजिक उत्तरदायी बनाउने,
  • वैदेशिक रोजगारसँग सम्बन्धित संघ, संस्था र कामकारबाहीलाई कडाइका साथ नियमन गर्ने,
  • विप्रेषण आयलाई उत्पादनशील क्षेत्रमा उपयोग गरी तीव्र आर्थिक वृद्धि र आन्तरिक रोजगार अभिवृद्धि गर्ने,
  • वैदेशिक रोजगार सम्बन्धमा स्थानीय तहका वडाहरु सम्म सूचना केन्द्रको स्थापना गर्ने ।

वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले राष्ट्रको अर्थतन्त्र सुदृढ राख्ने हुनाले यो मुलुकको अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षेत्रको रुपमा रहेको छ । वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणका कारण नेपालको अर्थतन्त्र चलायमान छ र राष्ट्र निर्माणमा ठूलो भूमिका निर्वाह गरेको छ । तसर्थ वैदेशिक रोजगारको क्षेत्रलाई सरल, सहज, सुरक्षित, विश्वसनीय र उत्पादनशील बनाउन जरुरी छ ।

माथि उल्लेखित सुझावहरुको प्रभावकारी कार्यान्वयन गर्न सक्ने हो भने यस क्षेत्रलाई आय आर्जनको एक महत्त्वपूर्ण क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।“समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समेत यो क्षेत्रलाई योजनावद्ध रुपमा उपयोग गर्न सम्बन्धित सबै निकाय लागिपर्न जरुरी छ ।सुरक्षित बैदेशिक रोजगारी आजको आवश्यकता हो ¸यसकालागि सम्बन्धित सबैले हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प देखिदैन ।


6 thoughts on “नेपालको सन्दर्भमा वैदेशिक रोजगारी  

  1. I and my guys came looking at the best items from your website and so the sudden developed a horrible feeling I had not thanked the site owner for those strategies. These young boys had been totally glad to see them and have pretty much been taking pleasure in these things. I appreciate you for turning out to be simply thoughtful and also for making a decision on these kinds of notable themes most people are really needing to be aware of. My very own sincere apologies for not saying thanks to you sooner.

  2. Does your blog have a contact page? I’m having a tough time locating it but, I’d like to shoot you an email. I’ve got some creative ideas for your blog you might be interested in hearing. Either way, great site and I look forward to seeing it improve over time.

  3. After study a few of the blog posts on your website now, and I truly like your way of blogging. I bookmarked it to my bookmark website list and will be checking back soon. Pls check out my web site as well and let me know what you think.

  4. I feel that is one of the most important info for me. And i am satisfied studying your article. But wanna commentary on some basic issues, The site taste is great, the articles is really nice : D. Just right task, cheers

  5. Hi! I know this is kind of off topic but I was wondering which blog platform are you using for this site? I’m getting sick and tired of WordPress because I’ve had issues with hackers and I’m looking at alternatives for another platform. I would be fantastic if you could point me in the direction of a good platform.

  6. Hi, Neat post. There is a problem with your site in internet explorer, would test this… IE still is the market leader and a good portion of people will miss your magnificent writing due to this problem.

Leave a Reply

Your email address will not be published. Required fields are marked *