रुकुम पूर्वमा बिजुली आउने–जाने टंगो छैन, सर्वसाधारणलाई सास्ती

रुकुम पूर्वमा बिजुली आउने–जाने टंगो छैन, सर्वसाधारणलाई सास्ती

"5" Comments

रुकुम पूर्व । केन्द्रिय प्रशारण लाईन पुगेको रुकुम पूर्व जिल्लाका बिभिन्न ठाउँमा विद्यूत सेवा नियमित नहुदाँ यहाँका स्थानिय आजित भएका छन् । बेला–बेलामा बिजुली आउने–जाने गर्दा व्यापार, व्यवसायका साथै सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर परेको छ ।

बिजुली कतिबेला आउछ र कतिबेला जान्छ भन्ने कुनै टंगो नहुदाँ सेवा दिन कठिन भैरहेको जिल्ला सदरमुकाम रुकुमकोटमा होटेल व्यवसाय गरिरहेका जीवन केसीले बताए । ‘जोड्न त हामीले व्याकअप जोडेका छौ तर कहिले त यति लामो समय बिजुली जान्छ की व्याकअप नै चार्ज हुन पाउदैन ।’ उनले भने ‘यसले गर्दा हामीलाई व्यवसायीक रुपमा काम गर्न र सेवा दिन कठिन भैरहेको छ ।’

अहिले बिजुली नभएर व्यापार–व्यसाय संगै अरु पनि धेरै काम रोकिने भएकाले बिजुली नियमित हुन जरुरी रहेको भन्दै रुकुमकोट उद्योग बाणिज्य संघका अध्यक्ष केवेन्द्र गौतमले गुनासो गरे । ‘विद्युत सेवा नियमित गर्न प्राधिकरणले आफ्नो तरिकाले काम गरिरहेको होला । तर हामीलाई भने चाहिएका बेला बिजुली नआउदाँ समस्या भैरहेको छ । यसको समाधान भनेको यहाँ चाडो भन्दा चाडो सव–स्टेशन बन्नु नै हो’ उनले भने ।

झण्डै एक दशक अघि केन्द्रिय प्रशारण लाईनको पहुचमा जोडिएको रुकुम पूर्वमा हालसम्म कुल ४३ सय ग्राहक भएको नेपाल विद्युत प्राधिकरण रुकुम पूर्व वितरण केन्द्रका प्रमुख प्रमोद खनालले जानकारी दिए ।

जिल्लाको सिस्ने गाउँपालिका वडा ५ र ६, भुमे गाउँपालिकाको वडा नं. १, २, ३, ४, ५, ६ र ८ तथा पुथाउत्तरगाउँपालिकाको वडा नं. १०, ११, १२ र १४ मा विद्यूतको केन्द्रिय लाईन पुगेको बताउदैं केन्द्र प्रमुख खनालले जिल्लामा विद्युत सेवा नियमित हुन नसकेको स्विकार गरे ।

‘सुरुमा ३३ केभी लाईन दाङबाट रुकुम पश्चिमको धैरेनीचौर स्थित सव–स्टेशनमा आउने र त्यहाँबाट मध्यपहाडी लोकमार्ग छेउ–छेउ हुदैं जिल्लासम्म आउछ ।’ उनले भने, ‘धैरेनीचौरबाट करिब २ सय किलोमिटर लामो दुरीसम्म ११ केभी लाईन वितरण गरिएको छ । यती लामो दुरीमा एक एउटा कुनै ठाउँमा समस्या आउने वित्तिकै सव–स्टेशनबाटै लाईन ब्रेक गरेर मर्मत गर्नुपर्छ यसकारण पनि विद्युत सेवा नियमित हुन नसकेको हो ।’

जिल्लाभर नियिमत विद्युत सेवा प्रदान गर्न सकेको कोशिस आफूहरुले गरिरहेको बताउदैं केन्द्र प्रमुख खनालले सिस्नेको धौलापहिरा र भुमेको कांक्रीमा सव स्टेशनको काम निकै सुस्त गतिमा भैरहेको बताए । यी दुई ठाउँमा सव–स्टेशन बनेपछी मात्रै जिल्लाभर विद्युत सेवामा प्रभावकरीता आउने उनको दाबी छ । यी दुई सव–स्टेशनमा रोल्पातर्फबाट ३३ केभी लाईन ल्याएर जिल्लाभर विद्युत सेवा विस्तार गर्ने प्राधिकरणको योजना छ ।

ईकान्तिपुर डट कमबाट साभार


5 thoughts on “रुकुम पूर्वमा बिजुली आउने–जाने टंगो छैन, सर्वसाधारणलाई सास्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *