मोटरसाइकमा १६ जिल्ला, ७ सय ६७ किलोमिटरको रोमाञ्चक यात्रा
मोटरसाइकमा १६ जिल्ला, ७ सय ६७ किलोमिटरको रोमाञ्चक यात्रा
मोटरसाइकल स्टार्ट भयो, रुकुमकोटको ताजा हावाले अनुहारमा छोएपछि उत्साह झन् बढ्यो। राजन दाइ र म, हामी दुईले यो यात्रा केवल दूरी पार गर्न होइन, नयाँ अनुभवहरू संकलन गर्न थालेका थियौं । १६ वटा जिल्ला, ७६८ किलोमिटर, अनगिन्ती मोड, उकालो-ओरालो, जंगल र खुला सडक सबैथोकलाई महसुस गर्दै अघि बढ्यौं ।
रुकुमकोटबाट काक्री हुँदै लुकुमतर्फ मोटरसाइकल अघि बढ्दा, बाटो साँघुरो र उकालो थियो । हामिलाइ लागिरहेको थियो “यात्रा त सम्झनाका लागि गरिन्छ, सम्झन लायक बनाउनुपर्छ !”
बुर्तिबाङ पार गर्दा हरियाली पहाड, खोल्साहरू, र कच्ची बाटोले यात्रा झन् चुनौतीपूर्ण बनायो । बाग्लुङ छोडेर हटिया हुँदै पर्वत प्रवेश गर्दा शरीर दुख्न थालिसकेको थियो ।
पोखराको फेवा ताल देख्नासाथ हामीले मोटरसाइकल रोकेर दृश्य नियाल्यौं। र तनहुँको डुम्रे पुगेर वास बसियौ! भोलिपल्ट बिहान केही घण्टा पहाडकी रानी बन्दीपुर घुम्दै यात्रालाई अझै मनोरम बनाइयो । त्यसपछि करिब ११ बजे यात्रा सुरू गरियो, किनभने आज हामीलाई करिब ४५० किलोमिटरको यात्रा तय गर्नु थियो ।
तनहुँ पार गरेर मुग्लिन पुग्दा ट्रक, बस, कारहरूको भिडले गति घटायो। चितवनको जंगल क्षेत्र हुँदै रत्ननगर पुग्दा वातावरण एकाएक शान्त लाग्यो । खैरहनी हुँदै चन्द्रपुरतिर जाँदा खुला सडक देखेर मोटरसाइकलको स्पिड बढाउन मन लाग्यो ।
बर्दिवास पुग्दा गर्मी महसुस गर्न थाल्यौं। अब त हेलमेटभित्रै पसिना पोखिन थाल्यो मिर्चैया, लहान हुँदै जब हामी कोसी ब्यारेजमा पुग्यौं, केहीबेर रोकिएर नदीको प्रवाह नियाल्यौं यात्रा र जीवन उस्तै रहेछन्, कहिले तीव्र, कहिले बिस्तारै, तर निरन्तर अगाडि बढिरहने ।
इनरुवा, इटहरी हुँदै विराटनगर प्रवेश गर्दा शरीर थाकिसकेको थियो, तर मनभरि नयाँ अनुभवहरूको संगालो थियो । मोटरसाइकल यात्राको असली मज्जा यही हो जहाँ मन लाग्छ, रोक्न सकिन्छ। हावाले अनुहारमा ठोक्किँदा, सडकका धुलोले लुगाहरू रंगिन बनाउँदा, घामले पोल्दा वा चिसोले जिउ सिरिङ्ग बनाउँदा पनि यात्रा सधैं रमाइलो हुन्छ ।
यो दुई दिनको यात्रा केवल गन्तव्यमा पुग्ने दौड मात्र थिएन, यो थियो सम्झनाका पानामा लेखिने साहसिक अनुभव ! “यात्रा भनेको केवल दूरी पार गर्नु होइन, हरेक क्षणलाई जिउनु हो!”
र, हामीले यो यात्रा पूरा गर्यौं—राजन दाइ र म , दुबै उत्साहित थियौं। शरीर थाकेको थियो, तर मनले भने फेरी अर्को एड्भेन्चरको योजना बुन्न थालिसकेको थियो!

Very good https://shorturl.at/2breu
Awesome https://urlr.me/zH3wE5
Very good https://rb.gy/4gq2o4
Very good https://is.gd/N1ikS2
Awesome https://is.gd/N1ikS2
Good https://is.gd/N1ikS2
Very good https://is.gd/N1ikS2
Good https://is.gd/N1ikS2
Awesome https://is.gd/N1ikS2
Awesome https://is.gd/N1ikS2
https://shorturl.fm/68Y8V
https://shorturl.fm/6539m
https://shorturl.fm/XIZGD
https://shorturl.fm/oYjg5
https://shorturl.fm/TbTre
https://shorturl.fm/YvSxU
https://shorturl.fm/5JO3e
https://shorturl.fm/0oNbA
https://shorturl.fm/retLL