विद्या भण्डारीको प्रवेशले एमालेले थप गति लिने सचिव विश्वकर्माको भनाई

विद्या भण्डारीको प्रवेशले एमालेले थप गति लिने सचिव विश्वकर्माको भनाई

"2" Comments

रूपन्देही । नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले विद्या भण्डारीलाई वरिष्ठ नेता बनाउनु पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनलाई महत्वपूर्ण उपलब्धि हुने बताए ।

भण्डारीको स्वागतमा आज बुटवलमा आयोजना कार्यक्रममा उनले पार्टी केन्द्रीय कमिटी बैठकको सम्वसम्मत निर्णयले भण्डारीलाई महत्वपूर्ण जिम्मेवारी दिएको बताए ।

‘अहिले विधानमा यो व्यवस्था थिएन, केन्द्रीय कमिटी बैठकले विधानको धाराअनुसार यस्तो जिम्मेवारी दिने सचिवालय बैठक बसेर निर्णय गरेका हौँ अपानी नआएकाले कोही अलमल पर्नुपर्दैन’ उनले भने ।

भण्डारी विद्यार्थीकालबाटै राजनीतिमा आवद्व भएको भन्दै विश्वकर्माले भने, ‘उहाँ राजनीतिमा पुनः जोडिनु निकै राम्रो, बुटवलमा ८ औँ महाधिवेशनले उहाँलाई पदाधिकारी बनाएको हो ।

उनले थपे ‘त्यसयता लगातार जनप्रतिनिधिको रूपमा रहनुभएको छ, उहाँको कार्यक्षमताका आधारमा अब पार्टीले थप गति लिनेछ । दुई-दुई पटक राष्ट्रपति हुँदा गरेको सफल नेतृत्व उदाहरणीय छ । पहिलो महिला राष्ट्रपतिको इतिहास बनाइसक्नुभएको छ ।’


2 thoughts on “विद्या भण्डारीको प्रवेशले एमालेले थप गति लिने सचिव विश्वकर्माको भनाई”

  1. Super impressed with the game variety here. Everything loads quickly and the customer support is actually helpful. Highly recommend vnop88 to anyone who loves online gaming.

Leave a Reply

Your email address will not be published. Required fields are marked *