डिग्रे साइकुमारी मन्दिरमा पित्तलको छाना

डिग्रे साइकुमारी मन्दिरमा पित्तलको छाना

"4" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ५ मा रहेको कर्णाली प्रदेशकै प्रशिद्ध धार्मिक स्थल डिग्रे साइकुमारी भगवतीको मन्दिरमा पित्तलको छाना राखिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, परातत्व विभागको योजना अन्तरगत मन्दिरमा पित्तलको छाना राखिएको हो ।

१५ लाख ७० हजार १९ रुपैंयामा डिग्रे साइकुमारी मन्दिरको मुख्य मन्दिरमा पित्तलको छाना राखिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष लालबहादुर केसीले जानकारी दिए । ‘यहि आर्थिक वर्षमै सकिने गरि मन्दिरको जिर्णउद्धारको काम भैरहेको छ, हामिले अहिले पित्तलको छाना हालेका छौ, अव बुट्टा वाला आखि झ्याल राख्न बाँकी छ, त्यो पनि यहि आर्थिक बर्षमै राख्ने हो ।’, मन्दिर व्यवस्थापन समिति अध्यक्ष केसीले भने ।

पित्तलको छानासंगै छानामा प्रयोग हुने ५ वटा कुपा, ४३ वटा नागल राखिएको छ । कामको सम्झौता विनोद कन्ट्रक्सन सेवा रोल्पाले लिएको छ । कर्णाली प्रदेशकै प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको डिग्रेमन्दिरमा प्रत्यक दिन पुजा हुदै आएको छ ।


4 thoughts on “डिग्रे साइकुमारी मन्दिरमा पित्तलको छाना

  1. Heya are using WordPress for your blog platform? I’m new to the blog world but I’m trying to get started and create my own. Do you require any html coding expertise to make your own blog? Any help would be really appreciated!

  2. Tôi thấy cricify phù hợp để giải trí hàng ngày vì có nhiều trò chơi thú vị và hoạt động khá ổn định. TONY09-18

Leave a Reply

Your email address will not be published. Required fields are marked *