स्यार्पू तालमा प्याराग्लाईडिङको परिक्षण तथा प्रशिक्षण उडान

स्यार्पू तालमा प्याराग्लाईडिङको परिक्षण तथा प्रशिक्षण उडान

"8" Comments

रुकुम पश्चिम । बाँफिकोट गाउँपालिका वडा नंं. ३ र ५ मा अवस्थित स्यापू ताल छेउछाउ र आसपासको क्षेत्रमा प्याराग्लाईडिङको सम्भावनाबारे परिक्षणका साथै प्रशिक्षण उडान गरिएको छ । हिजो (शनिबार) सम्म १२ दिनको अनुमती ल्याएर ‘द वावु एडभेन्टर ईन्टरनेशनल स्कुल’ले परिक्षण तथा प्रशिक्षण उडान सफलतापूर्वक सकेको हो ।

बाँफिकोट–५ को हिले डाडाँबाट उडेर स्यार्पू तालको उत्तरतर्फ रहेको भागमा अवतरण गरेको स्कुलका अध्यक्ष सानोवावु सुनुवारले बताए । उनले भने, ‘सिधा उचाईमा करिब १ किलोमिटर र भुई छोडेदेखी झर्ने ठाउँसम्मको दुरी चाही करिब ५ किलोमिटर रहेको छ ।’

उल्लेखित दुरी प्याराग्लाईडिङका मध्यम तथा उच्च स्तरका पाईलटका लागी अभ्यास गर्न उपयुक्त हुने पनि सुनुवारको भनाई छ । यस खण्डको उडान समय करिब २० मिनेट देखी ५ घण्टासम्म रहन्छ रहने पनि उनको भनाई छ ।

यस अविधीमामा २० जना प्रशिक्षार्थीहरुले यहाँ प्याराग्लाईडिङको प्रशिक्षण उडानमा सहभागी भएर अभ्यास गरेको स्कुलले बताएको छ । यहाँ उड्दा स्यार्पू ताल र आसपासको ग्रामिण सुन्दरताका साथै रुकुम पश्चिम र पूर्व तथा आसपासका अन्य बिभिन्न जिल्लाको भुगोल संग पनि दृश्यावलोकन गर्न सकिने हुनाले प्याराग्लाईडिङमा उड्दा आफुलाई साह्रै रमाईलोको अनुभुती भएको ईज्रायलका प्रशिक्षार्थी पाईलट योअभ नोभको भनाई छ । ‘यहाँको भुगोल नै एकदम सुन्दर रहेछ । होचा–अग्ला पहाडका साथै माथी-माथी हिमाल अनि घरहरु, बाटो र मान्छेहरुको चहलपहललाई आकाशबाट नियाल्दा साह्रै मज्जा आयो’ उनले भने ।

स्यार्पू तालमा प्याराग्लाईडिङको व्यवसायिक उडान गर्न सके यहाँको पर्यटन प्रवद्धन समेत हुने र यसले स्थानियलाई फाईदा पुग्ने बाफिकोट–५ का गोपाल केसीको भनाई छ । उनले भने, ‘हामीले ताल–ताल मात्रै भन्यौं । तर यहाँ यस प्रकारका साहसिक खेललाई व्यवसायिक हिसावले संस्थागत गर्न सकियो भने हामीलाई नै फाईदाँ हुन्छ ।’

पहाड अनि ति पहाडमा पानीका झरणा समेत रहेको स्यार्पू ताल क्षेत्रमा प्याराग्लाईडिङका साथै स्विमिङ, रक क्लाईमिङ र ट्रेकिङ आदी बिभिन्न साहसिक खेलहरुको सम्भावना बारे बताउदैं गाउँपालिका अध्यक्ष जनक कुमार वाठाले यसका लागी तिनै तहका सरकारको साझेदारी जरुरी रहेको कुरामा जोड दिए ।


8 thoughts on “स्यार्पू तालमा प्याराग्लाईडिङको परिक्षण तथा प्रशिक्षण उडान

  1. धेरै धेरै धन्यवाद परिचन्द्र जी,,अत्यन्तै राम्रो न्युजका लागि

  2. Hey there! Someone in my Myspace group shared this website with us so I came to take a look. I’m definitely enjoying the information. I’m book-marking and will be tweeting this to my followers! Great blog and superb design and style.

  3. I used to be very pleased to find this web-site.I wished to thanks to your time for this excellent read!! I definitely having fun with each little bit of it and I have you bookmarked to check out new stuff you blog post.

  4. Hello, I think your site might be having browser compatibility issues. When I look at your website in Chrome, it looks fine but when opening in Internet Explorer, it has some overlapping. I just wanted to give you a quick heads up! Other then that, very good blog!

Leave a Reply

Your email address will not be published. Required fields are marked *