बुरालमष्ट मन्दिरमा विधिपूर्वक जमरा राखियो

बुरालमष्ट मन्दिरमा विधिपूर्वक जमरा राखियो

"4" Comments

रुकुम । रुकुम पश्चिमको प्रसिद्ध धार्मिक स्थल बरालमष्ट मन्दिरमा विधिपुर्वक जमरा राखिएको छ । उक्त मन्दिरमा जमरा राख्ने साइत भने आफ्नै हुने गरेको छ । आज ९ बजे मन्दिरमा जमरा राखिएको हो ।

मन्दिरका उपासुले वत्ति बाले पछि जमरा राखिएको हो । मन्दिरमा घटस्थापनाको दिन जमारा राख्न र दशैँमा टिका लगाउने आफ्नै साइत छ । पञ्चाङ्ग निर्णायक समितिको साइत भन्दा फरक समयमा जमरा राख्नु र दशैँमा टिका लगाउनुको कारण राजा र देउताको साइत भएको बुढुमष्ट क्षेत्र विकास कोषका संरक्षक धुब्रराज केसीले जानकारी दिए । पञ्चाङ्ग निर्णायक समितिको साइत भनेको राजाले बनाएको धार्मिक मान्यता रहेको उनको भनाई छ । राजाको साइत भन्दा देवताको साइतनै राम्रो हुने भएकाले जमरा राख्ने र दशैँमा टिका लगाउने साइत फरक रहेको केसीको भनाई छ ।

देशका दुई वटा मन्दिरमा मात्र यो चलन रहेको छ । डोल्लाको त्रिपुरा सुन्दरी र रुकुम पश्चिमको बुरालमष्ट मन्दिरमा मात्र यो प्रचलन रहेको उनको भनाई छ । रुकुम पश्चिमको बुरालमष्ट मन्दिरमा दशैँको दिन विहान साढे ४ वजे देवताबाट दिक्षित भएकाबाट भक्तजनले टिकाग्रहण गर्ने गर्छन भने डोल्लाको त्रिपुरा सुन्दरी मन्दिरमा दशैँको दिन बेलुकाबाट मात्र टिका ग्रहणको काम हुने गर्छ ।

बुरालमष्ट मन्दिरमा आज विहान घटस्थापनाको दिन ९ वजे मन्दिरका उपास डिल्लीबहादुर रिजालले वत्ति बाले पछि पुजा सुरु भएको हो । सोह्रश्राद्ध सुरु भए देखि मन्दिरमा पुजाको काम रोकिएको थियो । आजबाट कोजाग्रत पुर्णिमा सम्म मन्दिरमा विषेश पुजा हुनेगर्छ । दशैँ सम्म उक्त मन्दिरमा दुई जना उपासु, एक जना व्रहामण, तिन जना पुजारी र एक जना देवताबाट दिक्षित पाएका दिक्षितले प्रत्यक दिन मन्दिरमा पुजा गर्ने गर्छन ।

 

 

 


4 thoughts on “बुरालमष्ट मन्दिरमा विधिपूर्वक जमरा राखियो

  1. I have been browsing online more than three hours as of late, yet I by no means discovered any fascinating article like yours. It’s pretty value enough for me. Personally, if all webmasters and bloggers made excellent content material as you probably did, the internet will likely be a lot more helpful than ever before.

  2. I’m not sure exactly why but this web site is loading incredibly slow for me. Is anyone else having this problem or is it a problem on my end? I’ll check back later and see if the problem still exists.

Leave a Reply

Your email address will not be published. Required fields are marked *