मतदाताको घर–आगनमा पुगेर धन्यवाद ज्ञापन गर्दै उप-विजेता लिलामणी गौतम
मतदाताको घर–आगनमा पुगेर धन्यवाद ज्ञापन गर्दै उप-विजेता लिलामणी गौतम
रुकुम पश्चिम । भर्खरै सम्पन्न प्रतीनिधि सभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट रुकुम पूर्वमा उम्मेदवार भई पराजित भएका लिलामणी गौतम मतदातालाई धन्यवाद दिन यतिबेला उनिहरुको घर–आगनमा पुगिरहेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहालसंग पराजित भएका उनी आफुले प्राप्त गरेको मतको सम्मानमा जुटेको बताईएको छ ।
गत शुक्रबार सिस्ने गाउँपालिका वडा नं. ३ पोखराबाट मतदाता भेटघाट सुरु गरेर सिस्ने–४ का बिभिन्न ठाउँमा पुगी अहिले पुथाउत्तरगंगा गाउँपालिकामा पुगेको गौतमले बताए । ‘पूर्वमा यसपल्टको निर्वाचनमा म विजयी हुन सकिन । तर मलाई अटुट माया र विश्वास गरी उप–विजेता बनाउनुहुने मेरा आदरनिय मतदाताहरुको घरदैलोमै पुगेर धन्यवाद दिईरहेको छु ।’ उनले भने ।
आफु केही दिन पुथाउत्तरगंगामा रहने र त्यसपछी भुमे र सिस्ने गाउँपालिकाका मतदाता भेट्न पुग्ने योजना रहेको गौतमले जानकारी दिएका छन् । सकेसम्म सबै मतदातासम्म पुग्ने उनको योजना रहेको छ ।
गत बिहिवार सम्पन्न प्रतीनिधि सभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार दाहाल संग गौतम ६ हजार ७ सय ७८ मतान्तरले पराजित भएका थिए । जम्मा ३४ हजार ७ सय ७२ मतदाता रहेको रुकुम पूर्वमा दाहालले १० हजार २ सय ४० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीका रुपमा रहेका गौतमले ३ हजार ४ सय ६२ मत ल्याएका थिए ।
मतदाता भेटघाटमै व्यस्त रहेका गौतमले थपे, ‘यो बीचमा म सकेसम्म सबै मतदाताहरुको घर–आगनमा पुग्नेछु । जित हासिल गर्न नसकेपनि जिल्लाप्रतिको सेवाभाव र लगावमा कमी आउन नदिने मेरो वाचा छ ।’
फागुण २१ गते चितवनमा मतदान गरेर सोही दिन हेलिकप्टर मार्फत रुकुम पूर्व आएका विजयी उम्मेदवार दाहाललाई फागुण २२ गते साँझ निर्वाचित भएको घोषणा गरिएको थियो । सोही दिन साँझपख सदरमुकाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेर उनले मतदातालाई धन्यवाद दिएर त्यसको भोलिपल्ट हेलिकप्टर मार्फत नै दाहाल काठमाडौं फर्किसकेका छन् ।

Start earning passive income—join our affiliate network today!
https://shorturl.fm/j2MtE