वन डढेलो नियन्त्रण सम्बन्धी नाटक कार्यक्रम सञ्चालन
वन डढेलो नियन्त्रण सम्बन्धी नाटक कार्यक्रम सञ्चालन
रुकुम पूर्व। जिल्लाका बिभिन्न स्थानमा सडक नाटक संचालन गरिएको छ । पुथात्तरगंगा गाउँपालिका दुई स्थानमा नाटक प्रदर्शन गरिएको हो ।
डिभिजन वन कार्यालय रुकुम पूर्वको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा संचालित नाटक प्रदर्शनी कार्यक्रम अहिलेसम्म पुथाउत्तरगंगा वडा न १२ को कोल र वडा ११ को तक गाउँ आयोजना गरिएको महासंघका उपाध्यक्ष बालाराम शेर्पालीले बताए ।
वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना फैलाउने उदेश्यले आयोजना गरिएको यो सडक नाटक गत गत शनिबारबाट सुरु गरिएको हो । यसपछी भुमे र सिस्ने गाउँपालिकाका बिभिन्न स्थानमा पनि प्रर्दशन गर्ने तयारी रहेको डिभिजन वनले कार्यालयले जानकारी दिएको छ ।
