रुकुम पूर्वको सुन्दर चौरी लेक

रुकुम पूर्वको सुन्दर चौरी लेक

"0" Comments

रुकुम पूर्व । मध्यपहाडी लोकमार्ग देखी करिब ३ घण्टाको पैदल दुरीमा एउटा अत्यन्त सुन्दर ठाउँ हो चौरी लेक । फराकिलो पाटनमा पशु–चौपायाको चहलपहलले यतिबेला यो ठाउँ निकै मनमोहक देखिएको छ ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ११ स्थित यो लेक जहाँ छ प्रकृतीको अपार सुन्दरता । चौरमा चरिरहेका भेडाको बथान, अनि गोठालाको चहलपहल मनै आनन्दित हुन्छ ।

हरेक बर्ष बर्खा याममा भेडा लिएर आफुहरु यहाँ आउने गरेको पुथाउत्तरगंगा–११ तकसेराका हरि सुनारले बताए । ‘बर्खाका पलालएको बुकीमा चराउन हामी भेडा संगै गाई र घोडा समेत लिएर यहाँ आउछौं ।’ उनले भने, ‘असार अन्तिममा आएका हामी भदौंको निगल्ततिर बेशी ओर्लिन्छौ ।’

पहाडको शिरमा हरित पाटन । यही पाटनमा पशुचौपायाको चरिचरणले कम्ता आनन्द दिदैन । समुन्द्री सतहबाट करिब ४ हजार मिटर उचाईमा रहेकायहाँबाट पुर्वतिर म्याग्दी, बागलुङ र ढोरपाटन क्षेत्र, पश्चिम तिर जाजरकोट र रुकुम पश्चिम तथा उत्तर तिर डोल्पा देखी रुकुम पूर्वको शिरमा सुन्दर हिमश्रृङखला अनि दक्षिण तिर रोल्पाको भुगोलको अवलोकन गर्न सकिन्छ ।

जता फर्कियो उतै फर्किरहन मन लग्ने, जे हेर्‍यो त्यही हेरिरहन मन लाग्ने । प्रकृतीको महिमा जति गरेपनि कमै हुन्छ ।

बर्खामा बुकीले हरियो अनि हिउँदमा हिउँले सेताम्मे हुने यो सुन्दर चौरी लेक चमक हरेक याममा उत्तिकै रहन्छ । यो सुन्दरताको बयान न शब्दमा गर्न सकिन्छ, न दृश्यमा अटाउन नै । यो त बस् अनुभुत गर्न सकिन्छ, महसुस गर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *