मुख्यमन्त्री आचार्यद्धारा रुकुमकोटमा देउवर काजी मन्दिर उद्घाटन

मुख्यमन्त्री आचार्यद्धारा रुकुमकोटमा देउवर काजी मन्दिर उद्घाटन

"2" Comments

रुकुम पूर्व। जिल्ला सदरमुकाममा अवस्थित सिस्ने गाउँपालिका–६ बाहुनडेरामा आज देउवर काजी मन्दिर उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यद्धारा मन्दिरको उद्घाटन गरिएको हो।

प्रदेश सरकार, सिस्ने गाउँपालिका र स्थानियबासी समेतको गरेर करिब १ कारोड रुपैयाँको लगानीमा निर्माण गरिएको यो मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल पक्षमा विशेष पुजा गरिने स्थानिय चुडामणी गौतमले बताए।

‘कार्तिकको शुक्ल पक्षमा यहाँ हामी बिशेष पुजा गर्छौं। यसबाहेक हरेक दिन मन्दिर दर्शन तथा नियमित पुजा हुनेछ ।’ उनले भने।

२०७६ देखी सुरु भई हालसालै निर्माण सम्पन्न भएको यो मन्दिरको सौन्दर्यकरणको काम मात्रै बाँकी रहेको बताईएको छ। मन्दिरलाई सकेसम्म कलात्मक र मौलिक बनाउने प्रयास गरिएको स्थानियले जानकारी दिएका छन्।

मन्दिर उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटनका क्षेत्रमा यस मन्दिरले एक महत्वपुर्ण अर्थ राख्ने बताए। उनले भने, ‘लुम्बिनी प्रदेश भाषा, भुगो अनि रिती–संस्कृतीले सु–सज्जित प्रदेश हो। यसमा अर्को रंग भर्न यस मन्दिरले धेरै ठुलो भुमिका खेल्नेछ।’


2 thoughts on “मुख्यमन्त्री आचार्यद्धारा रुकुमकोटमा देउवर काजी मन्दिर उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *