रुकुम पूर्वमा चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा
रुकुम पूर्वमा चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा
रुकुम । रुकुम पूर्वमा सुपथ मुल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखा रुकुमकोटले शुक्रबार देखि सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो । ठुला चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको शाखा कार्यालय प्रमुख चन्द्रबहादुर खड्काले बताए ।
सुपथ मुल्य पसलबाट एक किलो चामलमा ५ रुपैंया सस्तो पाईने छ । सुपथ मुल्य पसलबाट स्टिम जिरा मसिनो चामलको मुल्य प्रतिकेजि ८९ रुपैंया, अरुवा सोना मन्सुली चामलको मुल्य प्रतिकेजि ६० रुपैंयामा बिक्रि हुने छ । स्टिम जिरा मसिनो चामलमा २५ किलोको २२ सय २५ र अरुवा सोना मन्सुली चामल २५ किलोको १५ सयमा सपुथ मुल्य पसलबाट पाईने प्रमुख खड्काको भनाई छ ।
सुपथ मुल्य पसल माघ २ गते सम्म सञ्चालन हुने प्रमुख खड्काले बताउनुभयो । जिल्लामा रुकुमकोट शाखा र तकसेरा बिक्रि केन्द्रबाट खाद्यको चामल बिक्रि हुदै आएको छ । त्यस्तै सहकारीले पनि कम्पनीकै मुल्यमा चामल बिक्रि गरिरहेका छन् ।।