छिप्रिदहमा आयोजित भलिवलको उपाधि बाँफिकोट– २ लाई

छिप्रिदहमा आयोजित भलिवलको उपाधि बाँफिकोट– २ लाई

"0" Comments

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ मा शिवरात्रिको अवसरमा आयोजित भलिवल प्रतियोगिता सम्पन्न भएको छ । उक्त भलिवलको उपाधि बाँफिकोट गाउँपालिका– २ ले हात पारेको छ । रोल्पाको थावाङ गाउँपालिका २ लाई पराजित गर्दै बाँफिकोट गाउँपालिका प्रथम भएको हो ।

त्यस्तै प्रतियोगितामा सिस्ने गाउँपालिका– ६ को आयोजक टिम ‘बी’ तेस्रो तथा बाँफिकोट गाउँपालिका– १ पालाकोटको टिम सान्तोना भएको छ । प्रथम हुने बाँफिकोट– २ जिपुको टिमले ७५ हजार, दोस्रो भएको थावाङ गाउँपालिका– २ ले ५० हजार र सिस्ने गाउँपालिका– ६ आयोजक ‘बी’ टिमले २५ हजार रकम पुरस्कार पाएको हो ।

सान्तोना हुने बाँफिकोट गाउँपालिका– १ पालाकोटको टिमले ७ हजार नगत पाएको छ । प्रथम हुने टिमलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएकोमा अन्य टिमलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *