मुसीकोटमा नाङ्गो र जीर्ण तार हटाएर ‘कभर्ड तार’ राखिदैं
मुसीकोटमा नाङ्गो र जीर्ण तार हटाएर ‘कभर्ड तार’ राखिदैं
रुकुम पश्चिम । रुकुम पश्चिम सदरमुकामको बजार क्षेत्रमा बिजुलीको नाङ्गो र जीर्ण तारका कारण जोखिम बढेको भन्दै ‘कभर्ड तार’ (पलास्टिकको छोपिएको तार) राख्ने काम अन्तिम चरणमा पुगेको छ । बजारभित्रको मुख्यलाइनमा तत्काल जम्मा चार किलोमिटर तार परिवर्तन गर्न लागिएको हो ।
मुसीकोट–१ सल्ले, बागबजार र खलंगाबजारदेखि मुसीकोट–५ सेरीगाउँसम्मको मुख्य प्रसारण लाइनमा तार परिवर्तनको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण मुसीकोट वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद शाहले बताए ।
‘अहिलेसम्म करिब ३ किलोमिटरको काम सकियो । अब बाँकी पनि एक साताभित्र सक्नेगरी काम भइरहेको छ,’उनले भने, ‘नाङ्गो र जीर्ण तारका कारण जोखिम बढेकाले इन्सुलेटेड कभर्ड तार राख्न थालेका हौं ।’