बुकीन्युज डट कम संञ्चालनमा : निष्पक्ष खबरका साथ अघि बढ्ने प्रतिवद्धता
बुकीन्युज डट कम संञ्चालनमा : निष्पक्ष खबरका साथ अघि बढ्ने प्रतिवद्धता
रुकुम पूर्व । आजबाट बुकी फूल मिडिया प्रा.ली.द्धारा संञ्चालित बुकी न्युज डट सञ्चालनमा आएको छ। मध्यपहाडी भेगलाई कार्यक्षेत्र बनाएर यहाँको भुगोल, प्रकृती, जनजीवन, भाषा, कला र संस्कृतीलाई समेट्दै अघि बढ्ने प्रतिवद्धताका साथ आज देखी यसको आरम्भ गरिएको हो ।
रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा आज एक कार्यक्रमको आयोजना गरेर बुकीन्युजको सुरुवात भएको छ। अब यो न्यु पोर्टल मार्फत समाचार, विचार, मनोरञ्जन, खेल, विश्व तथा सुचना-प्रविधीबारे पाठकलाई अवगत गराउने उदेश्य राखिएकोे सञ्चालक संस्था बुकी फूल मिडिया प्रालीका अध्यक्ष लिलामणी गौतमले बताए ।
‘पछिल्लो समय सुचना र समाचार पाउने माध्यमहरुको विकास यसरी भैरहेको छ की पाठकले ‘भयो’ भन्ने अवस्था सिर्जना भएको छ ।’ उनले भने, ‘तर विश्वास दिलाउन चाहन्छौं हामी हजारौं सञ्चार संस्थाहरुको भासमा हराउने छैनौं ।’
प्रदिप घिमिरे सम्पादक रहेको बुकीन्युजको शुभारम्भ कार्यक्रममा मन्तव्यका क्रममा अतिथीहरुले सफलताको शुभकामना दिएका छन् । जिल्ला समन्वय समिति रुकुम रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले भने, ‘विकास र समृद्धीमा टेवा पुग्ने प्रकारले समाचारहरु आउनुपर्यो । बिनाकुनै पुर्वाग्राह सुचना र समाचार सम्प्रेशन हुनेछन् भन्ने आशा एवम् विश्वास गर्दछु ।’
साथै कार्यक्रममा जिसस रुकुम पूर्वका उप-प्रमुख मोहोन बहादुर केसी, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य सरिता विसी, नेकपा एमालेका नेता नन्दलाल शर्मा र जिल्ला अध्यक्ष टोपबहादुर ओली, माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी वराल र नेपाल पत्रकार महासंघ रुकुम पूर्वका उपाध्यक्ष महेश केसी लगाएतले बुकिन्युजलाई सफलताको शुभकामना दिएका थिए ।
हाल रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोट र पश्चिमको सदरमुकाम मुसीकोटमा कार्यालय स्थापना गरेर काम अघि बढाउने तयारी रहेको बताउदैं बुकीन्युजका समाचार संयोजक परिचन्द्र खत्रीले यो अनलाईन भुगोल भन्दापनि घटना प्रधान हुने बताए । पिधमा रहेका सर्वसाधारण देखी राज्य सञ्चालनको जिम्मेवारीमा बसेकासम्मका आवाज समेटेर अघि बढ्ने पनि खत्रीको भनाइ छ ।
good