जिल्ला अस्पतालमा आईपुग्यो नयाँ एम्बुलेन्स

जिल्ला अस्पतालमा आईपुग्यो नयाँ एम्बुलेन्स

"11" Comments

रुकुम पूर्व । जिल्ला अस्पतालमा नयाँ एम्बुलेन्स आएको छ । भारतिय दुताबासको सहयोगमा ‘क’ वर्गको एम्बुलेन्स आईपुगेको हो ।

यसअघि जिल्ला अस्पतालमा भएको एउटा एम्बुलेन्स पुरानो भैसकेको अवस्थामा भएकाले यो नयाँ एम्बुलेन्स ल्याएको निमित्त मेडिकल सुपरिडेन्टेन कृष्ण खरालले जानकारी दिए । अक्सिजन, मोनिटर र ईईडी मेसिन जडित यो एम्बुलेन्स फोर ह्विलर भएको उनको भनाई छ ।

तिनवटा पालिका रहेको रुकुम पूर्वको विकट पहाडी तथा हिमाली भेगबाट विरामी जिल्ला अस्पतालसम्म पुर्‍याउन र यहाँबाट रिफिर भएका विरामीलाई अरु अस्पतालसम्म पुर्‍याउन सहज हुनेछ ।


11 thoughts on “जिल्ला अस्पतालमा आईपुग्यो नयाँ एम्बुलेन्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *