रुकुम पूर्वमा विश्व आत्महत्या रोकथाम दिवस बिभिन्न कार्यक्रम गरी मनाईदैं
रुकुम पूर्वमा विश्व आत्महत्या रोकथाम दिवस बिभिन्न कार्यक्रम गरी मनाईदैं

रुकुम पुर्व। सिस्ने गाउँ पालिकामाले विश्व आत्महत्या विश्व रोकथाम विवस बिभिन्न कार्यक्रम गरी मनाउने भएको छ । अगामी भाद्र २५ अर्थात् सेप्टेम्बर १० मा संसारभर मनाईने यो दिवसलाई सचेतनामुलक ढंगले मनाउन लागिएको हो ।
सिस्ने गाउँपालिका अन्तरगत महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको समुन्यमा सोमबार बसेको बैठकले ‘आत्महत्या रोकथाम बारे संवात सुरु गरौं दृष्टिकोण बदलौं’ भन्ने नाराको साथ मनाउने निर्णय गरेको गाउँपालिकाका शिक्षा अधिकृत मंगल सिंह बुढाले जानकारी दिए ।
दिनानुदिन बढिरहेको अत्महत्यामा कमी ल्याउन सचेतना आवश्यक रहेको भन्दै बैठकले जिल्ला स्थित बिभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थासंगको सहकार्यमा बिभिन्न कार्यक्रम गरी दिवस मनाउने तयारीका लागी बिभिन्न निर्णयहरु गरेको छ ।
https://shorturl.fm/c8r6U