पुथाउत्तरगंगाको सुन्तलालाई बजारको आभाव
पुथाउत्तरगंगाको सुन्तलालाई बजारको आभाव
रुकुम पूर्व । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–८ मा फल्ने गाउँ घरको सुन्तलाले बजार पाउन सकेको छैन।
यो ठाउँ सुन्तलाको लागि मात्र उपयुक्त छैन यहाँ विभिन्न प्रकारका तरकारी वर्षेनी ३ बाली हुने स्थानीयको भनाई रहेको छ ।
सम्भावनै–सम्भावनाको क्षेत्र भएपनि बिभिन्न चुनौती संग जुट्नु परेको स्थानीयको भनाई रहेको छ । विशेष गरी सुन्तला खेतीको लागि यो ठाउँ उपयुक्त छ । यहाँ फाल्ने सुन्तला सिजनमा ३० रुपैयाँ किलो बिक्री हुन्छ भने बेसिजन मा ५०र६० रुपैयाँ को दरले बिक्री गर्ने गरेको त्यहाँका स्थानिय युवा सञ्जल बुढा ले बताएका छन्।
यहाँ नेटवर्क, यातायात , स्वस्थ्य , र शिक्षाको पर्याप्त सुविधा भए यहाँको संमृद्ध विकास हुने स्थानीयको गुनासो भएको पाहिन्छ। प्राकृतिक सम्पदाले भरिएको सुन्दर ठाउँमा विभिन्न चुनौती बाधक बनेको छ।
पुथा को चार गाउँमा आहिले अर्थात् हिउँदको मासमा सुन्तला ,र बर्खामा आलु पाहिने गर्छ यो क्षेत्र आलु र सुन्तलाको पकेट क्षेत्र हो । तर यहाँ फाल्ने सुन्तला र आलुले बजार भने पाएको छैन ।
यहाँ फाल्ने विभिन्न प्रकारका तरकारीहरू ले बजार पाए स्थानीय स्थरको तरकारी बजारमा निर्यात गरे संमृद्ध विकास हुने बुढा को बनाई छ।

Tap into unlimited earning potential—become our affiliate partner!
If you are looking for the best collection of Jili games, this is the spot. Everything loads fast and the wins feel rewarding. Big thanks to jiliigames.