रामबहादुर पुनलाई ‘बेस्ट न्यू एक्टर मोडर्न सङ्ग मेल’ अवार्ड

रामबहादुर पुनलाई ‘बेस्ट न्यू एक्टर मोडर्न सङ्ग मेल’ अवार्ड

"0" Comments

काठमाडौं । अभिनेता तथा कलाकार रामबहादुर पुनले ‘चौथो नेशनल ब्रान्ड म्युजिक अवार्ड–२०८३’ अन्तर्गत आधुनिक गीत तर्फको पुरुषमा ‘उत्कृष्ट नयाँ अभिनेता’ (बेस्ट न्यू एक्टर मोडर्न सङ्ग मेल) विधाको अवार्ड प्राप्त गरेका छन्। पुनलाई ‘तिमीलाई हेरी हेरी’ बोलको गीतबाट उक्त अवार्ड प्रदान गरिएको हो। ब्राण्डराेट इन्टरटेनमेन्ट प्रा. ली. को आयोजनामा सम्पन्न ‘चौथो नेशनल ब्रान्ड म्युजिक अवार्ड–२०८३’ मा पुनलाई उक्त विधामा सम्मान गरिएको हो।

अवार्ड समारोह शुक्रबार काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजना गरिएको थियो। आयोजक ब्राण्डराेट इन्टरटेनमेन्टका अध्यक्ष तथा संगीतकार/गीतकार सुनिल बस्नेत र वरिष्ठ संगीतकार तथा गीतकार प्रकाश गुरुङले पुनलाई अवार्ड प्रदान गरेका हुन्।

अवार्ड प्राप्त गरेपछि पुनले नेपाली आधुनिक संगीत क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाएका छन्। आयोजकले प्रमाणपत्रमार्फत पुनको आगामी सांगीतिक यात्रा अझ सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना समेत दिएको छ। ‘तिमीलाई हेरी हेरी’ गीतबाट रामबहादुर पुनले प्राप्त गरेको यो अवार्ड उनको सांगीतिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *