कविताः पछ्यौरी- टेक आर सी

कविताः पछ्यौरी- टेक आर सी

"0" Comments

– टेक आर सी

आजभोली निकै याद आउँछ,
तिम्रो पछ्यौरीको सप्को ।
त्यही पछ्यौरी हुँदै आएको
तिम्रो सुवाश मिसिएको
एक हावाको झोँका ।
कति मिठो छ है त्यो प्रेमको सुगन्ध ?

तिमीसँगै हुँदा,
मलाई लत लागेको थियो
तिम्रो सुगन्धको, तिम्रो पछ्यौरीको ।

तिमी टाढा हुँदा,
त्यही सुगन्धले मलाई झस्काउँछ अचेल ।
त्यसैले तिम्रो सुगन्धको स्मरण
मेरो मस्तिष्क वाट हाटाउन
अचेल चुरोट जलाउँछु
र जित्न खोज्छु तिम्रो सुगन्धलाई ।
ता की तिम्रो सुगन्धको यादले
मलाई रातभर जागाराम वस्न नपरोस् ।

कति गाह्रो छ है भुल्न ?
कति गाह्रो छ है सम्हालीन ?