कविताः अनुभव -टेक आर सी
कविताः अनुभव -टेक आर सी
आजसम्म
विहानी नभएको
कुनै रात देखेको छैन टेक आर सी ले
तर कुनै रात किन यति लामा हुन्छन् ?
जो सिङ्गो जीन्दगी लाग्छन् ।
कटाउन गाह्रो पर्छ ति रातहरू ।
जति ढिलै भएपनि,
छिप्पिएको रातले आँखा खोल्दा
एक झिल्को किरणको भरमा
जीन्दगीले भुलाईदेला रातको लम्बाई,
भुलाईदेला त्यो अन्धकार ।
अनि, त्यसै उज्यालोमा
म हेर्नेछु सवैलाई
एक एक अनुहार पल्टाएर ।
जो, म चिप्दिँदा हाँसे,
जो, म लड्दा रमाए,
जस्ले, मुकुन्डो एउटा लाएर
अर्कै परिचय दिए ।
मैले टेकेको धरातल
र
मैले पुग्ने उचाई वीचको दुरीले
स्कुल पढेभन्दा सौ गुणा सिकायो ।
म जति अनुभवी मेरा बा पनि छैनन् ।
म जति धनि बर्नार्ड आर्नल्ट पनि छैन ।
- टेक आर सी
दामी ब्रो
Wow!
मनै कटक्क खायो दाजै
किन निरास टेकु
संसार यस्तै रछ भाइ
आहा! सर मनकै लेख्नुभो