कविताः अनुभव -टेक आर सी
कविताः अनुभव -टेक आर सी
आजसम्म
विहानी नभएको
कुनै रात देखेको छैन टेक आर सी ले
तर कुनै रात किन यति लामा हुन्छन् ?
जो सिङ्गो जीन्दगी लाग्छन् ।
कटाउन गाह्रो पर्छ ति रातहरू ।
जति ढिलै भएपनि,
छिप्पिएको रातले आँखा खोल्दा
एक झिल्को किरणको भरमा
जीन्दगीले भुलाईदेला रातको लम्बाई,
भुलाईदेला त्यो अन्धकार ।
अनि, त्यसै उज्यालोमा
म हेर्नेछु सवैलाई
एक एक अनुहार पल्टाएर ।
जो, म चिप्दिँदा हाँसे,
जो, म लड्दा रमाए,
जस्ले, मुकुन्डो एउटा लाएर
अर्कै परिचय दिए ।
मैले टेकेको धरातल
र
मैले पुग्ने उचाई वीचको दुरीले
स्कुल पढेभन्दा सौ गुणा सिकायो ।
म जति अनुभवी मेरा बा पनि छैनन् ।
म जति धनि बर्नार्ड आर्नल्ट पनि छैन ।
- टेक आर सी

दामी ब्रो
Wow!
मनै कटक्क खायो दाजै
किन निरास टेकु
संसार यस्तै रछ भाइ
आहा! सर मनकै लेख्नुभो
Bài review này nói khá đúng về trải nghiệm thực tế tại xn88 casino . TONY05-22