घर नै नभएपछि ……..
घर नै नभएपछि ……..

लक्ष्मी !
घर नै नभएपछि ……..
बत्ती बालेर
तिम्रो अर्थात
लक्ष्मी पुजा गर्ने
मेरो घर नै छैन
म कसरी
पुजा आराधना गरूँ
लक्ष्मी ?
घर नै नभएपछि
दैलो र सङ्घारमा
झ्याल र ढोकामा
कौसी र अटालीमा
झिलिमिली बत्ती बालेर
भन लक्ष्मी
तिमीलाई मैले
कसरी स्वागत गरूँ ?
लक्ष्मीपूजाको रात
सुखरात्रि हो रे
जब रातहरू पनि
मेरा हुँदैनन्
कसरी मेरा लागि
सुखरात्रि भयो लक्ष्मी ?
घर नै भएपछि
मूलद्वार कहाँ हुनु ?
तिमीलाई पुजा गर्ने
मसँग छुट्टै कोठा
कहाँ हुनु लक्ष्मी ?
पोतेर भुँइमा
चामलको पीठो
अबीरले तिम्रो पैताला
कसरी बनाउँ?
जब मसँग खानलाई
एकमुठी चामल छैन
केराको सुत्लामा
तिम्रो आगमनको
बत्ती कसरी बालुँ ?
गणेश चिन्तन