यसपालिको भाइटिका…….

यसपालिको भाइटिका…….

"0" Comments

बहिनी मनसरा !
यसपालिको भाइटिका…….
बहिनी मनसरा !
तिमी पराई घरमा
म प्रदेश गएको बेला
पोहोर साल
भुकम्पले घर भत्कियो,
घर सम्हालेर बसेकी
दुई जिउकी
तिम्रो भाउजूलाई
भुकम्पले लियो
हल गोरु
हल बाख्री पनि
तोपिएर मरे ।।
बहिनी मनसरा !
तिमी सानै छँदा
हैजाले
बा –आमा दिवंगत भए
एउटा भाइ थियो
उ पनि
यसपालिको
पैरोमा पुरियो,
हर विपत्तिका
उल्झनहरू
विडम्बना !
मैमाथि थुप्रिए
मैमाथि वर्षीय ।।
बहिनी मनसरा !
थपिंदै गएका
विपत्तिका उल्झनहरूले
वर्षीदै गएका
बेचैनीका असिनाहरूले
रूग्न र विकल मन
थेग्न नसकिनेगरि
चोट झन् थपिंदै गए,
आहत झन् रोप्दै गए
आतसले मन भरियो
खुशी लिएर आउने
मेरो चाहाना
यसपालि पनि
खाडीमा अल्झियो ।।
त्यसैले ,
बहिनी मनसरा !
मान्छेका जीवनमा
उकाली ओराली आउँछन्
विस्मातले विरक्ति दिन्छन्
तर, धेरै उद्विग्न नहुनु
टुटेका सपनाहरू जोड्न
फुटेका रहरहरू बटुल्न
विपत्तिका उल्झनहरूले
रूग्न र विकल बनेको मन
धीर बनाएर
पीडा चपाएर
ओठमा खुशी छर्केर
यसपालिको
भाइटिका मनाउनु ।।

गणेश चिन्तन


Leave a Reply

Your email address will not be published. Required fields are marked *