पुथाउत्तरगंगाको उपनिर्वाचनमा एमाले उम्मेद्वारले जित्ने आधार

पुथाउत्तरगंगाको उपनिर्वाचनमा एमाले उम्मेद्वारले जित्ने आधार

"5" Comments

विषय प्रवेश
स्थानीय तहको उप–निर्वाचन २०८१ मंसिर १६ गते देशका बिभिन्न स्थानहरुमा रिक्त रहेका बिभिन्न पदहरुमा चुनाव हुन गइरहेको छ । रुकुम (पुर्वीभाग) जिल्लाको पुथा–उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष भुपेन्द्रा बुढा र २ नं वडा अध्यक्ष जस बहादुर सिर्पालीको तीन महिना अघि आमाको उपचार गरेर काठमाण्डौबाट घरमा फर्कदै गर्दा बाग्लुङमा गाडी दुर्घटना हुँदा भएको अकल्पनीय दुखद निधन पश्चात रिक्त रहेको पदमा निर्वाचन आयोगले तय गरेको मिति र आचार संहिताको नीतिमा बाँधिएर जिल्लामा मौजुदा राजनीतिक दलहरुले र स्वतन्त्र रुपमा पनि केही ब्यक्तिहरुले उम्मेद्वारी दिएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्न उत्रिसकेका छन् ।

यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुकुम (पुर्व) को नेतृत्व टीमको पहलकदमीबाट नेपाली काँग्रेसका जिल्ला नेतृत्व टीमसंग वार्ता गरेर गाउँपालिका उपाध्यक्ष र वडाअध्यक्षको उम्मेद्वारमा पार्टीका जिल्ला उपसचीव केशकुमारी तुलाचन र निवर्तमान जिल्ला कमिटि सदस्य जीवन रोका मगरलाई दुई पार्टीको साझा उम्मेद्वार बनाएर चुनावी मैदानमा उतारिसकेको छ । चुनावी मैदानमा उत्रिसकेपछि जित्ने आशा सहित सबैका आ–आफ्नै दावी गर्ने आधारहरु हुन सक्छन् । यहाँनेर नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेद्वारहरुले चुनाव जित्नसक्ने बलियो तीन आधारको बारेमा यस आलेखमा चर्चा गर्न खोजिएको छ ।

(क) उम्मेद्वारको ब्यक्तित्व बिकास र प्रभावको आधार
कुनैपनि पार्टीको उम्मेद्वारहरु प्रतिस्पर्धाको लागी चुनावी मैदानमा उत्रिसकेपछि जनताको नजरमा योग्य हुनलाई पहिला जनताको मन जित्ने र त्यसपछि जनमतले जित्ने हो । उम्मेद्वारले मतदाताको मन जित्नलायक पहिला आचरण र ब्यवहार देखाउनुपर्ने हुन्छ भने क्षमता र योग्यता पनि चुनावी मैदानमा देखाउनैपर्ने हुन्छ । नेकपा (एमाले)का पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र २ नं वडा अध्यक्षका उम्मेद्वारहरु दुबै उमेर र ब्यवहारिक ज्ञान–अनुभवका हिसावले निकै परिपक्क हुनुको साथै पार्टी संगठनको जिम्मेवारीमा पनि जिल्ला कमिटीको नेतृत्व टीमभित्र निर्णयक भूमिका खेल्ने हैसियत निर्माण गरिसकेका छन् । पुथाउत्तरगंगा वडा नं ११ ओख्मामा २०२५ चैत्र २५ गते आमा जीतमायाँ तुलाचनको कोखबाट जन्मिएकी मोहनमान तुलाचनकी कान्छी छोरी केशकुमारी तुलाचनका चार दिदी र १ एक भाई रहेका छन् ।

बा¥ह कक्षासम्मको शैक्षिक योग्यता हासिल गरेकी केशकुमारी तुलाचनले पेल्मा र ओख्माको आधारभूत बिद्यालयमा पच्चीस बर्षसम्म पढाएर शिक्षा सेवा गरिसकेकी छिन् । २०४७ सालमा ने.क.पा.(एमाले) निकट अ.ने.रा.स्व.बि.यु.(पाँचौं)मा संगठित भएर राजनीतिक जीवनको शुरुवात गरेकी केशकुमारीले नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय परिषद सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य सम्मको जिम्मेवारी भूमिका निर्वाह गरेर २०८० चैत्र ३० गते ने.क.पा.(एमाले) को नवौं जिल्ला अधिवेशनबाट पार्टीको उपसचीव सम्मको पदीय जिम्मेवारी बहन गर्दै आएकी छिन् भने २ नं वडा अध्यक्षका उम्मेद्वार जीवन रोका मगर पनि पार्टीको निवर्तमान जिल्ला कमिटी सदस्यको पदीय जिम्मेवारीमा रहेर अघिल्लो २०७४ सालको स्थानीय तहको चुनावमा वडा सदस्यको उम्मेद्वार भएर चुनावी मैदानमा प्रतिस्पर्धा गरेर अनुभव हासिल गरिसकेका परिपक्क ब्यक्ति हुन । यि दुई उम्मेद्वारको ब्यक्तित्व र सामाजिक योगदानले जनतामा पारेको सकारात्मक प्रभाव चुनाव जित्ने पहिलो आधार बनेको छ ।

(ख) दुई पार्टीको गठबन्धन र ब्यवस्थित संगठनको आधार
माओवादी जनयुद्धको उद्गम स्थल रुकुम–रोल्पा जस्ता जिल्लाहरुलाई आफ्नो आधार क्षेत्र बनाउदै आइरहेकोमा देशको राष्ट्रिय राजनीतिमा पहिलो र दोश्रो दलको हैसियत बनाएका नेपाली काँग्रेस र ने.क.पा.(एमाले) को पोजिशन रुकुम (पुर्व) मा अलि कमजोर जस्तो देखिएको हुँदा यस अघिका चुनावहरुमा रुकुम (पुर्व) का एकाध वडा बाहेक तीनवटै गाउँपालिकाहरुमा पटक–पटक माओवादीले नै जित्दै आइरहेको स्थिती हो ।

वि.सं. २०७९ को स्थानीय तहको चुनावमा सिस्ने गाउँपालिकामा नेपाली काँग्रेस र एमालेको गठबन्धन हुँदा एमालेको उपाध्यक्षमा गोपाल रेउलेले जितेको र पुथा–उत्तरगंगामा काँग्रेस र एमाले बीच तालमेल हुन नसक्दा माओवादीले जितेको थियो । यसपटकको उप–निर्वाचनमा भने काँग्रेस र एमालेबीचमा गठबन्धन पनि भएको छ भने शान्ति प्रकृयापछि ने.क.पा.(एमाले) को रुकुम (पुर्व)मा संगठन बलियो र ब्यवस्थित हुँदै गइरहेको स्थिती छ । अहिले दुई पार्टी बीच भएको गठबन्धन र ने.क.पा. (एमाले) को सुदृढ एवं ब्यवस्थित संगठनको आधारबाट पुथा उम्मेद्वारहरुले चुनाव जित्ने सम्भावनाको दोश्रो आधार बनेको छ ।

(ग) केन्द्रबाट प्राप्त गर्नसक्ने बिकास बजेटमा राम्रो पहुँच बन्ने आधार
स्थानीय तहको निर्वाचन २०७४ र २०७९ मा रुुकम (पुर्व) मा ने.क.पा.(माओवादी) केन्द्रले तीनवटै गाउँपालिकाहरुमा चुनाव जितेर आउदा दस बर्षको अवधीमा खासै उल्लेखनीय काम गर्न सकेको छैन । जनप्रतिनिहरुको भिजन र इच्छाशक्ति भएको भए कम्युनिष्ट शासन प्रणालीको मोडल कस्तो हुन्छ भन्नेकुरा काम गरेर देखाउने निकै ठुलो अवसरलाई माओवादीले सदुपयोग गर्न सकेन ।

पुथा–उत्तरगंगा गाउँपालिका जो प्राकृतिक सम्पदाले निकै धनी छ त्यही गाउँपालिका हरेक पटकको कार्यसम्पादन मूल्याङ्कनमा निकै कमजोर देखिएको छ । यसो हुनुमा जनप्रतिनिधिको कार्यक्षमताको कमी, इच्छाशक्तिको अभाव र माओवादी पार्टी भित्रका अन्तरकलहले गर्दा पनि बिकास योजनाका धेरै कामहरु अलपत्र र निष्प्रभावी बन्न पुगेका छन ।

राष्ट्रिय राजनीतिमा निकै कमजोर अवस्थामा रहेको र प्रतिपक्षमा गइसकेको माओवादीका उम्मेद्वारले यसपटकको चुनाव जितेर पनि केही गर्न नसक्ने अवस्था भएकोले यस उप–चुनावमा नेपाली काँग्रेसको समर्थनमा खडा भएका ने.क.पा (एमाले) का उम्मेद्वारहरुलाई जिताउन सकेमा केन्द्रमा दुई ठुला पार्टीहरुको गठबन्धनबाट बनेको बलियो सरकार भएको हुँदा केन्द्र र प्रदेशबाट प्राप्त गर्न सकिने बिकास बजेटको आकार बढाएर पुथा–उत्तरगंगा गाउँपालिकामा भित्र्याउनको लागी निकै ठुलो सम्भावना र अवसर देखिएको हुँदा मतदाताहरुलाई यो कुरा राम्ररी बुझाउन सकियो भने अमुक पार्टीको बिचारभन्दा माथि उठेर मतदाताहरुले स्वविवेक प्रयोग गरेर ने.क.पा.(एमाले) का उम्मेद्वारहरुलाई जिताउन सकिने यो तेश्रो बलियो आधार रहेको छ ।

यसको साथै ने.क.पा.(एमाले) रुकुम (पुर्व) का सिङ्गो नेतृत्वपंक्तिले माओवादी जनयुद्धकालमा आफ्ना पार्टीका नेता–कार्यकर्ताहरुमाथि भएका अत्याचारका घट्नाहरुबाट पनि शिक्षा लिने र माओवादी नेतृत्वले ध्यान नदिएर अलपत्र अवस्थामा छोडेका जनयुद्धका पूँजीहरुलाई अपनत्वबोध गरेर तत्कालिन राज्य र माओवादी बिद्रोही पक्षबाट भएका द्वन्दपीडितहरुको उचित सम्मान र ब्यवस्थापन गर्ने कुरामा केन्द्रको पार्टी नेतृत्व र सरकारलाई गम्भीर ध्यानाकर्षण गराएर ठोस योजना र कार्यक्रम ल्याउन सक्ने हो भने रुकुम (पुर्व) ने.क.पा.(एमाले)को लालकिल्ला बन्ने सम्भावना पनि त्यत्तिकै राम्रो देखिन्छ । यसको लागी सिङ्गो एमाले पार्टीको नेतृत्व र कार्यकर्तापंक्ति नै पुर्वाग्रही नबनेर खुला छाती बनाएर अगाडी बढ्न आवश्यक देखिन्छ ।

(लेखक कामी एमालेको जनसंगठन किसान महासंघको केन्द्रिय सदस्य हुन् ।)


5 thoughts on “पुथाउत्तरगंगाको उपनिर्वाचनमा एमाले उम्मेद्वारले जित्ने आधार

  1. Only wanna remark on few general things, The website style and design is perfect, the written content is real wonderful. “The enemy is anybody who’s going to get you killed, no matter which side he’s on.” by Joseph Heller.

  2. Hiya, I’m really glad I have found this information. Today bloggers publish only about gossips and web and this is really annoying. A good blog with exciting content, that’s what I need. Thanks for keeping this web site, I will be visiting it. Do you do newsletters? Can not find it.

  3. I¦ve been exploring for a bit for any high-quality articles or weblog posts in this sort of house . Exploring in Yahoo I eventually stumbled upon this site. Studying this information So i am satisfied to show that I have an incredibly excellent uncanny feeling I came upon just what I needed. I such a lot definitely will make sure to do not forget this website and provides it a look regularly.

  4. I got what you intend, thanks for putting up.Woh I am thankful to find this website through google. “Spare no expense to make everything as economical as possible.” by Samuel Goldwyn.

Leave a Reply

Your email address will not be published. Required fields are marked *