सिस्ने गाउँपालिका स्तरिय बाल सञ्जालको आयोजना बाल ६१ औं दिवस मनाईदैं

सिस्ने गाउँपालिका स्तरिय बाल सञ्जालको आयोजना बाल ६१ औं दिवस मनाईदैं

"1" Comments

रुकुम पूर्व । हरेक बर्ष भाद्र २९ गते देशभर मनाईने राष्ट्रिय बाल दिवस रुकुम पूर्वको सिस्ने गाउँपालिका स्तरिय बाल सञ्जालले बिभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । सिस्ने गाउँपालिका–३ पोखरामा रहेको जनता माध्यामिक विद्यालयमा शुक्रबार बाल क्लब गठन गर्दै सोही विद्यालयमा ६१ औं बाल दिवस मनाउने निर्णय गरिएको हो ।

बाल सञ्जाल सिस्ने गाउँपालिका अध्यक्ष टिका केसीको अध्यक्षतामा शुक्रबार बसेको बैठक मार्फत दिवसका अवसरमा आधारभुत तहमा हिसाब दौड, माध्यामिक तहमा हाजिरी जवाफ र वक्तित्वकला प्रतियोगिता लगाएतका कार्यक्रम आयोजना गर्ने निर्णय भएको सञ्जालका उपाध्यक्ष शक्ति विकले बताए ।

विकका अनुसार जनता मावि पोखरामा अविशेक विकको अध्यक्षतामा २२ सदस्सिय विद्यालय स्तरिय बाल गठन गरिएको छ । जसको उपाध्यक्षमा रमिता खड्का, गणेश कवँर, र निश्चन केसी रहेका छन् भने सचिवमा सोनिया खड्का, सह–सचिवमा सुनिल खड्का र कोषध्यक्षमा शितल खड्का निर्वाचित भएका छन् ।


One thought on “सिस्ने गाउँपालिका स्तरिय बाल सञ्जालको आयोजना बाल ६१ औं दिवस मनाईदैं

Leave a Reply

Your email address will not be published. Required fields are marked *