रुकुमकोटको त्रिभुवन जनता माविमा अभिनय प्रर्दशनी

रुकुमकोटको त्रिभुवन जनता माविमा अभिनय प्रर्दशनी

"15" Comments

रुकुम पूर्व । सिस्ने गाउँपालिका-६ रुकुमकोटको छिप्रिदहमा अवस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा अभिनय प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । सविद्यालयको आयोजनामा हुने अतिरिक्त क्रियाकलाप अन्तरगत यो कार्यक्रमको आयोजना गरिएको हो ।
विद्यार्थीहरुको क्षमता अभिवृद्धी गर्नका लागी हरेक शुक्रबार कुनै न कुनै क्रियाकलाप गर्ने गरेको बताउदैं प्रधानाध्यापक मदन गौतमले यो यसपल्ट अभिनय प्रदर्शनीको कार्यक्रम आयोजना गरिएको जाकारी दिए । साथै उनले विद्यालयले नियमित पठनपाठन संगै बिभिन्न बाहिरी ज्ञानज्ञुनका कुराहरु पनि सिक्नुपर्ने कुरामा बिद्यार्थीहरुलाई जोड दिनेको बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा आयोजित यस कार्यक्रममा विद्यालयमा गठन गरिएका चार वटा सदनमा आवद्ध भएका विद्यार्थीहरुले भाग लिएका थिए ।
जसमा माध्यामिक तहबाट वर्षा र्झाक्री र तपस्या विक पहिलो, प्रविण बुढा मगर दोस्रो, प्रिया खड्काले तेस्रो तथा वसन्त विकले सान्तोना स्थान हासिल गरेको शिक्षक रामचन्द्र दाहालले जानकारी दिएका छन् । त्रिभुवन मावि जिल्लाको पुरानो र प्रतिष्ठित शैक्षिक संस्था हो ।

15 thoughts on “रुकुमकोटको त्रिभुवन जनता माविमा अभिनय प्रर्दशनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *