रुक्मिणी माविमा सकारात्मक सोच सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
रुक्मिणी माविमा सकारात्मक सोच सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

रुकुम पूर्व । रुकुमकोटको रुक्मिणी माध्यमिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकका लागि दुई दिने सकारात्मक सोच अभिप्रेरणात्मक तालिम सम्पन्न भएको छ । शिक्षक, अभिभावक र विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मविकास, र सामाजिक मूल्य चेतनाको विकास गर्ने उद्देश्यले विद्यालयले उक्त तालिम आयोजना गरिएको विद्यालयले बताएको छ ।
गत शनिबार र आईतबार विद्यालयमा आयोजित तालिमको पहिलो चरणमा शिक्षक–कर्मचारीलाई, दोस्रो चरणमा अभिभावकलाई र तेस्रो चरणमा विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको विद्यालय व्यवस्थापन समिती अध्यक्ष ओमप्रकाश थापाले जानकारी दिए ।
विद्यालयको आयोजनामा भएको यस अभिमुखिकरणमा मुख्य प्रशिक्षकका रुपमा दाङको महेन्द्र वहुमुखी क्याम्पस दाङका प्रध्यापक सुन्दर गौतम उपस्थित भएको र उनले जीवनमा सकारात्मक दृष्टिकोणको महत्त्व, आत्म–आलोचना, आत्मविश्वास, समय व्यवस्थापन, अनुशासन, नैतिकता, र सामाजिक उत्तरदायित्व आदी विषयहरूमा गहन प्रशिक्षण दिएको पनि अध्यक्ष थापाको भनाई छ ।
Sign up for our affiliate program and watch your earnings grow! https://shorturl.fm/pa77L
Refer friends and colleagues—get paid for every signup! https://shorturl.fm/5LzWd