तीन दिने आधारभूत सिकाइ सीप तालिम सम्पन्न
तीन दिने आधारभूत सिकाइ सीप तालिम सम्पन्न

रुकुम पूर्व । लुम्बिनी प्रदेशका बाह्रै वटा जिल्लालाई नयाँ तरिकाको आधारभूत सीप मापन गर्ने कार्यक्रम सोमबार दाङको लमही मा सम्पन्न भएको छ।
असर नेपालको आयोजना तथा काठमाडौं विश्वविद्यालयको सहयोगमा लुम्बिनी प्रदेशकाका यूवाहरु सहभागी भएको कार्यक्रम मार्फत सहभागीले महत्वपुर्ण ज्ञान हासिल गरेका छन् ।
बालबालिहरुको आधारभूत पठन र गणित शिक्षाको सिकाइ प्रभावकारी बनाउन प्रशिक्षकहरु जीवन शर्मा र जीवन तिमल्सिनाले तालिमलाई सहजिकरण गरेका थिए ।
यो तालिम हरभागीले अब उप्रान्त आफ्नो ठाउँमा गएर बालबालिकाको आधारभूत पठन र गणित शिक्षाको तथ्यांक सङ्कलन गर्ने प्रशिक्षक जीवन शर्माले बताए । सबै प्रदेशमा नयाँ तरिकाकाले यो अनौपचारिक कार्यक्रम सञ्चालनमा गरिएको शर्माको भनाई छ ।
प्रदेशका विभिन्न कुनै एक स्थानलाई केन्द्र बनाएर यो कार्यक्रम गरिने छ । लुम्बिनी प्रदेश अन्तरगत रुकुम पूर्वको भुमे गाउँपालिका वडा नंं. ३ बाट तथ्यांक संकलनको काम अघि बढाउने बताईएको छ । तथ्यांक संकलन पश्चात यसको आवश्यक विश्लेशन गरेर शिक्षण सिकाई क्रियाकलापलाई सुधान गर्न योजना बनाईने पनि आयोजक संस्थाको भनाई छ ।
https://shorturl.fm/kM8zr
https://shorturl.fm/meSsf
https://shorturl.fm/CG06z
https://shorturl.fm/0cVRh