त्रिभुवन माध्यामिक विद्यालयमा कर्मचारीले गरे तालाबन्दी

त्रिभुवन माध्यामिक विद्यालयमा कर्मचारीले गरे तालाबन्दी

"0" Comments

रुकुम पश्चिम । मसीकोट नगरपालिका-१ मा रहेको त्रिभुवन माध्यामिक विद्यालयका कर्मचारीहरुले तालावन्दी गरेका छन् । आफुहरुलाई नियम विपरित अवकास–पत्र थमाएको विरोधमा उनिहरुले आज (आईतबार) विद्यालयको मुल गेटमा ताला लगाएर धर्ना बसेका हुन् ।

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय प्रशासन मार्फत ६ जना कर्मचारीहरु अधिकृत जयराम थापा, लेखापाल ठकबहादुर बुढाथोकी, कार्यालय सहायक गौरी रावत, पुस्तकालय सहायक रमा शाह तथा कार्यालय सहयोगीहरु डम्बर बहादुर महत र दुर्गबहादुर खड्कालाई अवकास दिने निर्णय भएपछी उनिहरुले यसमा आपत्ति जनाउदै विरोध स्वरुप तालाबन्दी गरेको बताएका छन् । विदाको समयमा विद्यालय व्यवस्थापन समिति र प्रशासनको मिलेमतोमा नियम विपरित आफुहरुलाई अवकास गर्ने पत्र थमाएको जयराम थापाले बताए । ‘हामीलाई पुर्व जानकारी समेत नगराएर अवकासको पत्र दिईयो ।’ उनले भने, ‘यो सबै नियम विपरित भैरहेको छ । यसलाई फिर्ता नलिएसम्म हामी ताला खोल्दैनौं ।’

तालावन्दीका कारण विद्यालयको पठनपाठन समेत ठप्प भएको छ । पढ्न भनेर आएका विद्यार्थीहरु निराश हुदैं घर फर्किएका छन् । यो विद्यालयमा विगत लामो समययता शिक्षक–कर्मचारी र विद्यालय व्यवस्थापन समितिका बिचमा बिबाद भैरहेको ।

विद्यालय संञ्चालनलाई नियमसंगत बनाउन र सुशासन कायम गर्न आफुहरु लागेको व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र केसीले बताईरहेका छन् भने यसका नाममा विद्यालयमा अस्तव्यस्तता सिर्जना भएको शिक्षक–कर्मचारीहरुको बिरोध रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *