रन्त आधारभुत विद्यालयमा अक्षयकोष स्थापना

रन्त आधारभुत विद्यालयमा अक्षयकोष स्थापना

"0" Comments

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ५ मा रहेको रन्त आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । वडा नम्वर ५ निवासि नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले आफ्नो श्रीमतीको नाममा अक्षयकोष स्थापना गरेका हुन् ।

देवकोटाकी स्व. श्रीमती रमाकुरी देवकोटाको नाममा रमाकुमारी देवकोटा स्मृति छात्रवृति अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुर्वराज केसीले जानकारी दिए । १ लाख ११ हजार १११ रुपैंयाको अक्षयकोष स्थापना गरिएको उनको भनाई छ ।

उक्त रकमको लाभांसबाट प्रत्यक वर्ष विद्यालयको गरिव, जहेन्दार र विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृति उपलव्ध गराइने उनको भनाई छ । विद्यालयमा स्थापना गरिएको छात्रवृतिले विद्यालयका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने नन्दराम देवकोटाले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *