विद्यालयमा शैक्षिक र खेलकुदका सामाग्रि हस्तान्तरण

विद्यालयमा शैक्षिक र खेलकुदका सामाग्रि हस्तान्तरण

"0" Comments

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका ७ वटा विद्यालयमा विभिन्न खेलकुद सामाग्रि र शैक्षिक सामाग्रि हस्तान्तरण गरिएको छ । वडा नम्वर १४ मा रहेका ७ वटा विद्यालयमा खेलकुदका सामाग्रि र शैक्षिक सामाग्रि हस्तान्तरण गरिएको हो । वडाका चन्द्र बहादुर विष्टले आफ्नो व्यक्तिगत खर्चबाट उक्त समाग्रि हस्तान्तरण गरेका हुन् ।

ति विद्यालयहरुमा १० हजारका दरले फुटबल, भलिबल, भलिबल नेट, कापि र कलम वितरण गरिएको विष्टले जानकारी दिए । प्रभात माध्यमिक विद्यालय दोपाई, चन्द्रगंगा आधारभूत विद्यालय त्रिशुले, दियो आधारभूत विद्यालय छिबाङखोलामा सामाग्रि हस्तान्तरण गरिएको उनको भनाई छ ।

त्यस्तै जनप्रिय आधारभूत विद्यालय सतिपोले, जनहित आधारभूत विद्यालय लोरीबाङ, जनजागृति आधारभूत विद्यालय घुयलडाँडा र ज्ञानकुञ्ज आधारभूत विद्यालय झिमडाँडामा खेलकुदका समाग्रि र शैक्षिक सामाग्रि सहयोग गरिएको हो ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *