आठविसकोटमा ‘महिनाबारी सम्मेलन’, ११ बुदे घोषणापत्र जारी

आठविसकोटमा ‘महिनाबारी सम्मेलन’, ११ बुदे घोषणापत्र जारी

"0" Comments

रुकुम पश्चिम । जिल्लाको आठविसकोट नगरपालिकामा ‘महिनाबारी सम्मेलन’ आयोजना गरिएको छ । आठविसकोट नगरपालिकाको आयोजनामा गरिएको उक्त कार्यक्रममा सुरक्षित महिनबारीका बिषयमा छलफल गर्दै ‘मर्यादित महिनाबारीका लागी आठबिसकोट घोषणा पत्र’ समेत जारी गरिएको छ ।

‘मर्यादित महिनाबारी हाम्रो जिम्मेवारी’का बिषयमा छलफल गरिएको यस कार्यक्रममा पालिकालाई मर्यादित महिनाबारीयुक्त बनाउनका लागी साझा प्रतिवद्धता गरिएको छ । यसका लागी सरोकारवालाका बीचमा छलफल गरिनुका साथै महिनबारीलाई सुरक्षित बनाउका लागी ११ बुदे आठविसकोट घोषणा पत्र जारी गरिएको आठविसकोट नगरपालिकाका वास इकाइका सामाजिक परिचालक कर्ण बहादुर केसीले बताए ।

आठविसकोट नगपालिका र सबैका लागी दिगो खानेपानी सरसफाई तथा स्वच्छता (सुस्वा)को संयुक्त आयोजना तथा सुस्वाको आयोजना सहयोग इकाइ सुर्खेतको सहजिकरणमा कार्यक्रम गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *