भुकम्पपीडितका लागी सर्वाङ्गिन विकास केन्द्रको एकिकृत परियोजना
भुकम्पपीडितका लागी सर्वाङ्गिन विकास केन्द्रको एकिकृत परियोजना
जाजरकोट । सर्वाङ्गिन विकास केन्द्र नेपालले फेरयमेड फाउण्डेशनको सहयोगमा भुकम्प प्रभावित क्षेत्र जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाडा र बयालामा एकिकृत परियोजना लागु गरेको छ । फेरमेड फाउण्डेसन नेपालको आर्थिक सहयोगमा सर्वाङ्गिन विकास केन्द्र नेपालले विभिन्न काम गरिरहेको छ ।
बारेकोटकोट– १ को रामिडाडा र बयालाका ५० भुकम्प प्रभावितहरुको लागि अस्थाइ आवास निर्माण, सुधारिएको चुलो वितरण र शौचालय निर्माण भैरहेका छन् । त्यस्तै सोहि वडामा ग्रामिण स्वास्थ्य सुधारका पहुँचलाई भुकम्प प्रभावित क्षेत्रमा पुर्याउने उदेश्यले गर्भवती महिला र सुत्केरी आमाहरुको लागि बिशेष स्वास्थ्य कार्यक्रम पनि संचालन भैरहेको सर्वाङ्गिन विकास केन्द्र नेपालका कार्यकारी निर्देशक लिलामणि गौतमले जानकारी दिए।
उनका अनुसार भुकम्प पछि त्रिपालमा बसेका प्रभावितहरुलाई हुन सक्ने स्वास्थ्य समस्याको परिचान र उपचार तथा मनोसामाजिक परामर्शको लागि पनि स्वास्थ्यकर्मी र मनोसामाजिक परामर्शदाताहरु बयाला र रामिडाडामा खटाईएको निर्देशक गौतमको भनाइ छ । त्यस्तै जाजरकोटको नलगाड नगरपालिका १ गुणाभिरका-२५ परिवार, भेरि नगरपालिका-११ जग्तिपुरका २५ परिवार र रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानिका ५० परिवार गरि जम्मा २०० परिवारलाई पनि बिभिन्न सहयोग गरेको बताईएको छ ।
भुकम्प पिडित घर-परिवारलाई तिन महिना सम्म पुग्नेगरी चामल, दाल, तेल र लत्ताकपडा तथा सुत्केरी, गर्भवति, अपाङ्ग एवम् जेष्ठ नागरिक भएका घरहरुमा पनि सहयोग गरिएको छ ।