रुकुमकोटमा दुई दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

रुकुमकोटमा दुई दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

"13" Comments

रुकुम पूर्व । जिल्लाका किशोर–किशोरीहरुका लागी दुई दिने आधारभुत पत्रकारिता तालिम तथा अभिमुखिकरण कार्यक्रम जिल्ला सदरमुकाम रुकुमकोटमा सम्पन्न भएको छ । संचार तथा सुचना प्रविधी मन्त्रालय सिंहदरबार काठमाडौंको आर्थिक सहयोग एवम् सर्वाङ्गिन विकास परिषद् (एचडिसि) रुकुम पूर्वको आयोजनाका कार्यक्रम गरिएको हो ।

बुधबार र बिहिबार आयोजना गरिएको तालिममा पुथाउत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका गरी जम्मा ३२ जना किशोर–किशोरीको सहभागीता रहेको एचडिसीका अध्यक्ष गोपाल प्रसाद सुनारले जानकारी दिए । पत्रकारिताका आधारभुत सिपबारे सहभागीलाई ज्ञान प्रदान गरिनुका साथै संचार सिप र अन्य समसायिक कुराहरु पनि प्रसार गरिएको अध्यक्ष सुनारको भनाई छ ।

तालिमको सहजिकरण पहिलो दिन कान्तिपुर मिडिया ग्रुपका पत्रकार महेश केसीले र दोस्रो दिन प्रेस चौतारीका लुम्बिनी प्रदेश सह-ईन्चार्ज गणेश आचार्यले गरेको बताईएको छ ।

पत्रकारितामा रुची राख्नेहरुलाई लक्षित गरेर आयोजना गरिएको तालिममा सहभागी भएर आफुले धेरै कुरा सिक्न पाएको सहभागी टिका केसीले बताईन् । ‘म पत्रकारिता मार्फत समाज परिवर्तण गर्न चाहन्छु । यो तालिम लिएपछी मेरो रुची र जागरमा थप उत्साह पैदान भएको छ’ उनले भनिन् ।

जिल्लामा पत्रकारिताको विकास र विस्तार गर्दै सुशासनयुक्त समाज निर्माण गर्न यसप्रकारका तालिमहरु जरुरी रहेको प्रेस चौतारीका अध्यक्ष राजन गौतमले बताए । साथै उनले जिल्लामा रहेका बिभिन्न निकायहरुले यस्ता कार्यक्रमहरुको आयोजना गरेर युवाहरुलाई सिपयुक्त बनाउनुपर्ने कुरामा जोड दिदैं तालिम आयोजना गर्ने एचडिसीलाई धन्यवाद समेत दिए ।

तालिको उद्घाटन सत्रमा आफ्नो कुरा राख्दै सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले स्थानिय सरकारले बिगतमा पनि युवा तथा किशोर–किशारी लक्षित क्षमता विकासका कार्यक्रमहरुको आयोजना गर्ने गरेको र अगामी दिनमा पनि गर्ने कुराको प्रतिवद्धता जनाए ।


13 thoughts on “रुकुमकोटमा दुई दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *