बाँफिकोटका भुकम्प प्रभावितका लागी आईतबार देखि पहिलो किस्ता वितरण गरिने

बाँफिकोटका भुकम्प प्रभावितका लागी आईतबार देखि पहिलो किस्ता वितरण गरिने

"0" Comments

रुकुम पश्चिम । बाँफिकोट गाउँपालिकाले आगामी आईतबार देखि भुकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको लागि पहिलो किस्ताको रकम वितरण गर्ने भएको छ । भुकम्प गएको दुई महिना वितिसक्दा पनि यो पलिकाले रहेको लाभग्राहीको खातामा रकम पठाउन सकेको थिएन ।

आज बसेको २७ औं गाउँकार्यपालिका बैठकले पहिलो किस्ताको रकम लाभग्राहीको खातामा पठाउने निर्णय गरेको गाउँकार्यपालिका प्रबक्ता जोखबहादुर चन्दले जानकारी दिए । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नहुदाँ पालिकामा रहेका लाभग्राहीका लागी पहिलो किस्ताको रकम पुग्न सकेकाे थिएन ।

सरकारले दिएको रकम लाभग्राहीको खातामा नगएका कारण भुकम्प प्रभावितहरु अस्थायी आवास निर्माणको काम रोकिएको भन्दै गाउँपालिकाले आईतबार देखि पहिलो किस्ताको रकम लाभग्राहीको खातामा पठाउने निर्णय गरेको हो । पालिकाले पहिलो चरणमा प्रहरी मुचुल्का अनुसार १ हजार ७ सय ७३ जना लाभग्राहीको खातामा २५ हजार रकम पठाउन सुरु गरिने प्रवक्ता चन्दको भनाइ छ । त्यस्तै बैठकले करार सेवामा ईन्जिजियर र सवारी चालकको आवदेन आह्वान गर्ने निर्णय पनि गरेकाे छ ।