लुम्बिनीका चार जिल्लामा कुष्ठरोगीको संख्या उच्च
लुम्बिनीका चार जिल्लामा कुष्ठरोगीको संख्या उच्च
रुपन्देही । लुम्बिनी प्रदेशका चार जिल्लामा कुष्ठरोगीको संख्या उच्च रहेको पाइएको छ । प्रदेशका रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी र बाँके जिल्लामा कुष्ठरोगीको संख्या उच्च रहेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा प्रमुख खिमलाल पाण्डेले बताए ।
७१ औँ विश्व कुष्ठ रोग दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले लुम्बिनी प्रदेशमा मात्रै ५ सय ६५ जना बिरामी रहेको बताए । जसमध्ये लुम्बिनीमा मात्रै ५ सय ८४ कुष्ठरोगी रहेका छन् । सबै जिल्लामा छालारोग विशेषज्ञ पठाउन नसक्दा कुष्ठ रोगका बिरामीको पहिचान गर्न समेत नसकिएको उनको भनाइ छ ।
अहिले पनि यो रोगको बारेमा समाजमा नकारात्मक धारणा रहेकाले त्यस्ता धारणलाई हटाउनु आवश्यक रहेको उनले बताए । समयमै उपचार भएको खण्डमा उक्त रोग निको हुने भएकाले बिरामीलाई हौसला दिन आवश्यक रहेको उनले बताए ।