‘जनयुद्ध दिवस’मा रुकुम पूर्व र पश्चिमका ८ वटा पालिकाद्धारा सार्वजनिक विदा

‘जनयुद्ध दिवस’मा रुकुम पूर्व र पश्चिमका ८ वटा पालिकाद्धारा सार्वजनिक विदा

"0" Comments

रुकुम पश्चिम। आज फागुण १ गते तत्कालिन नेकपा माओवादीले शशस्त्र विद्रोहको थालनी गरेको दिनको सम्झना गर्दै रुकुम पूर्व र पश्चिमका गरी सात वटा स्थानिय तहले सार्वजनिक दिएका छन् । फागुण १ लाई जनयुद्ध दिवस’ का रुपमा मनाउन भन्दै माओवादी केन्द्रको नेतृत्वमा रहेका पालिकाहरुमा विदा दिएको बताएका छन् ।

रुकुम पूर्वका सबै गाउँपालिकाहरु पुथा उत्तरगंगा, भुमे र सिस्ने तथा पश्चिमका चौरजहारी र आठविसकोट नगरपालिका एवम् सानीभेरी, बाँफिकोट र त्रिवेणी गाउँपालिकाले  सोमबार सार्वजनिक सुचना जारी गरेर विदा दिएका हुन् । यि स्थानिय तहहरुले विदा मात्रै नभएर आज बिभिन्न कार्यक्रम समेत गरेर ‘जनयुद्ध दिवस’ मनाउने तयारी समेत गरेका छन् ।

रुकुम पश्चिमको चौरजहरी नगरपालिकाले आज ‘जनयुद्ध दिवस’को उपलक्ष्यमा वडाहरुमा सहिदहरुको सम्झना, चियापान, शुभकामना आदानप्रदान तथा शितल माध्यामिक विद्यालयमा बिभिन्न अतिरिक्त क्रियाशलाप गर्ने कार्यक्रम रहेको नगर प्रमुख पुष्प वादीले जानकारी दिए । नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काद्धारा जारी गरिएको प्रेस नोटमा आज ‘चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यलय र सो अन्तरगतका वडा कार्यालय र विद्यालयहरुमा समेत सार्वजनिक विदा दिने’ भनिएको छ ।

त्यस्तै रुकुम पश्चिमकै सानीभेरी गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’का अवसरमा हरेक बर्ष आयोजना गर्दै आएको राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन तथा साँस्कृतिक कार्यक्रमको छैटौं संस्कारण आयोजना गर्दैछ ।

यो संगै आठविसकोट नगरपालिका र त्रिवेणी गाउँपालकाले पनि सहिदहरुको सम्झना गर्दै चियापान तथा शुभकामाना आदान–प्रदान गरेर दिवस मनाउने कार्यक्रम रहेको बताईएको छ ।

यसैगरी रुकुम पूर्वका तिनवटै गाउँपालिकाहरुले ठुला औपचारिक कार्यक्रमको आयोजना नगरेपनि आजको दिनलाई बिशेष रुपमा सम्झदैं सहिदहरुप्रति सम्मान एवम् शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको पालिकाहरुले बताएका छन् ।

सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’को बिदा खारेज गरेपनि माओवादी नेतृत्वमा रहेका रुकुम पूर्व र पश्चिमका यि पालिकाहरूले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत पुस १३ गते ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *