वचतकर्ताको करोडौं रकम हिनामिना गर्ने बैंकका कर्मचचारी विरुद्ध प्रहरीमा मुद्धा

वचतकर्ताको करोडौं रकम हिनामिना गर्ने बैंकका कर्मचचारी विरुद्ध प्रहरीमा मुद्धा

"0" Comments

रुकुम पश्चिम । आठविसकोट नगरपालिका–९ राडीमा रहेको प्रभु बैंकमा बचतकर्ताको रकम खातामा जम्मा गर्नुको साटो हिनामिना गरेको भन्दै उक्त बैंकका एक कर्मचारी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको छ । बैंकका अप्रेशन ईन्चार्ज निरज विक्रम शाह विरुद्ध कुल १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलनको आरोप सहित मुद्धा दर्ता गरिएको हो ।

प्रभु बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले शाह विरुद्ध  बैङ्किङ कसुरमा बुधबार मुद्धा गराएको रुकुम पश्चिम प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारि दिए । पदको दुरुपयोग गरेर शाहले बैंकबाटै वचतकर्ताको रकम हिनामिना गरेको भनेर सेवाग्रहीले गुनासो गरेपछी बैंकले छानविन सुरु गरेको र गलत विवरण र खातावालको अनुमति बिनै बैंकबाट रकम निकालेर हिनामिना गरेको पाईएको भट्टराईको भनाई छ । ‘प्रभु बैंकको प्रादेशिक कार्यालयबाट आएको टोलीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा हालसम्म १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको जाहेरीमा उल्लेख गरिएको छ’ उनले भने ।

यो घटनाबारे विस्तृतः छानविन जारी रहेको भन्दै रुकुम पश्चिम प्रहरीले हाल आरोपी शाह फरार रहेको बताएको छ । गत माघ २० गतेबाट शाह विदामा बसेको र अहिले उनि सम्पर्कमा नरहेको बताईएको छ । प्रभु बैंक राडी शाखामा यसअघि कार्यरत ९ जना कर्मचारीलाई जिम्मेवारी बिहिन बनाएर नयाँ कर्मचारीको टोलीद्धारा शाखाको काम सुचारु भैरहेको पनि डिएसपी भट्टराईले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *