दुर्घटनामा ज्याज गुमाएका स्काभेटर अप्रेटरलाई घर
दुर्घटनामा ज्याज गुमाएका स्काभेटर अप्रेटरलाई घर
रुकुम पश्चिम । गत बर्ष साउनमा स्काभेटर दुर्घटनामा ज्यान गुमाएका चालकलाई सम्बन्धित निर्माण कम्पनीले एक तलाको घर बनाईदिएको छ । नौकुण्ड गाउँपालिका–३ रसुवा स्थायी ठेगाना भई रुकुम पश्चिममा सडक निर्माणका क्रममा आफैले चलाईरहेको स्काभेटर दुर्घटनामा ज्यान गुमाएका मानबहादुर प्याकुरेलको परिवारलाई यती विल्डर्सले घरको चापी हस्तान्तरण गरेको हो ।
सघन शहरी तथा भवन निर्माण आयोजनाद्धारा रुकुम पश्चिमको मुसीकोट नगरपालिका अन्तरगत भण्डारीकाँडा–मठ–रातामाटा–राउखेत सडक आयोजनामा काम गर्ने क्रममा २०७९ साउन ३० गते भएको स्काभेटर दुर्घटनामा प्याकुरेलको ज्यान गएको थियो । क्षतीपुर्ती र राहात स्वरुप यती विल्डर्सका तर्फबाट गोरखबहादुर केसीले आज (बिहिबार) प्याकुरेलका छोरा आर्यनलाई सांकेतिक रुपमा चापी प्रदान गरे । ‘चितवनमा रहेको स्व. प्याकुरेलको जग्गामा हामीले कम्पनीका तर्फबाट ३ कोठा भएको एक तलाको घर निर्माण गरिदियौं ।’ उनले भने, ‘कुल ४३ लाखको लगानीमा घर तयार गरिएको छ ।’
काम गर्ने क्रममा आफ्ना बाबाको मृत्यु भएको दुःखद् घटना सम्झिदैं २७ बर्षिय छोरा आर्यनले जती गरेपनी बाबाको अभाव पुर्ती हुन नसक्ने भन्दै परिवारका लागी यो ठुलो सहयोग हुने बताए । ‘घरमा कमाउने बाबा मात्रै हुनुहुन्थ्यों । उहाँ नै नरहनुभएपछी हामीलाई जीवन धान्न मुस्किल परेको छ । तर उहाँ कार्यरत कम्पनीले घर बनाईदिएपछी सजिलो हुने भयो ।’