रुकुम पूर्वमा खाद्यको चामल सहकारीबाट विक्रि गरिदैं
रुकुम पूर्वमा खाद्यको चामल सहकारीबाट विक्रि गरिदैं

रुकुम पूर्व । रुकुम पूर्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल सहकारी मार्फत विक्रि सुरु भएको छ । सहकारीले खाद्य कम्पनीकै मुल्यमा उपभोक्ता सम्म चामल पुर्याउने थालेका हुन् ।
पहिलो चरणमा सिस्ने गाउँपालिका -६ छिप्रिदहमा रहेको संरक्षण बहुउद्श्य सहकारी संस्थाले खाद्यको चामल विक्रि सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुम पूर्व शाखाका प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय बिहान १० वजे देखि बेलुका ५ वजे सम्म मात्र खुल्न भएकाले पनि सेवाग्राहीले सेवा नपाउने समस्यालाई मध्यनजर गर्दै सहकारी मार्फत चामल विक्रि सुरु गरिएको प्रमुख खड्काको भनाइ छ । उनले भने, ‘सार्वजनिक विदाको दिन खाद्य कम्पनीको कार्यालय बन्द रहेको बेला सहकारीबाट कार्यालयकै मुल्यमा सहकारीले चामल विक्रि गर्न थालेका छौं ।’
छिप्रिदहमा रहेको सहकारीले पहिलो चरणमा ५ हजार ४ सय ५० अर्थात ५५ क्विन्टल चामल बेच्नको लागि कार्यालयसंग सहमति गरेर बिक्रि गरिरहेको सहकारीका शेयर सदस्य दिपक केसीले जानकारी दिए । खाद्य कार्यालयको मुल्यमा सहकारीबाटै चालम पाए पछि उपभोक्ताहरु खुशि भएको केसीकोे भनाई छ । उपभोक्ताले सहकारीबाट ८६ रुपैंया किलो चामल पाउने गरेका छन् । यो मुल्य खाद्य कम्पनीकै मुल्य हो ।
त्यस्तै भुमे गाउँपालिकामा रहेको मारिङ बुहउद्श्य सहकारी संस्थाले पनि चामल बेच्ने योजना बनाएको छ । सहकारीले चामल बेच्नको लागि कम्पनीमा जानकारी गराईसकेको छ । सम्झौता पछि मारिङ सहकारीले पनि खाद्य कम्पनीको कार्यालयकै मुल्यमा चामल बिक्रि गर्ने खाद्य कम्पनी जिल्ला शाखा प्रमुख खड्काद्ये जानकारी दए । सहकारीले ५० रुपैंया प्रतिकिलो चामल विक्रि गरेमा प्रतिकिलो ५ रुपैंया र ५० किलो भन्दा माथि मुल्य पर्ने चामल बिक्रि गरे प्रतिकिलो ६ रुपैंया ढुवानी खर्च खाद्य कम्पनीले उपलव्ध गराउने गरेको छ ।
अहिले जिल्लामा ८ सय क्विन्टल चामल मौजात रहेको छ । रुकुमकोट शाखामा १५ सय क्विन्टल चामलको काटा रहेकोमा ८ सय क्विन्टल चामल बिक्रि भैसकेको छ । तकसेरा डिपोमा भने चामल अझै आईपुगेको छैन । तकसेरा डिपोमा १ हजार क्विन्टल चामल चालु आर्थिक वर्षमा नै आईपुग्ने खाद्य कम्पनीको जिल्ला शाखाले जानकारी दिएको छ ।