पोखराका उज्ज्वल १० दिनदेखी सम्पर्कबिहिन

पोखराका उज्ज्वल १० दिनदेखी सम्पर्कबिहिन

"0" Comments

रुकुम पूर्व । सिस्ने गाउँपालिका–३ पोखराका २२ बर्षिय उज्ज्वल खड्का १० दिनदेखी सम्पर्क विहिन भएका छन् । गत बिहिबार विहान घरबाट निस्किएका उनि त्यसपछी घर–परिवारको सम्पर्कमा नरहेको पारिवारिक स्रोतले बताएको छ ।

उनको मानसिक सन्तुलन ठिक नभएका कारण घरमा हुदाँपनि अस्वभाविक गतिविधी देखाउने गरेको उनकी आमा हिउसरीले बताईन् । ‘यहाँ हुदाँपनि ढंगा–माटो छर्ने, हामीलाई समेत दुःख–सास्ती दिने गथ्र्यो ।’ उनले भनिन्, ‘जस्तो भएपनि आफ्नो छोरा हो । माया लाग्दो रहेछ । कहाँ गयो होला, के गर्दै होला !’

यसअघि पनि पहिला ३ दिन र अर्कोपटक ४ दिन गरेर दुई पटक घरबाट हराएको तर, फर्किएको सम्झिदैं आमा हिउसरीले यसपटक यति लामो समयसम्म नफर्किदाँ पिर चिन्ता लागेको बताईन् । छोरा हराएको बारे जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा पनि जानकारी दिएको पनि उनको भनाई छ ।

हिउसरीका दुई छोरा र एक छोरी मध्ये उज्ज्वल जेठा छोरा हुन् । श्रीमाण भारतमा मजदुरी गर्न गएका बेला दुई बर्षअघि उतै बितेपछी छोराछोरीको रेखदेख देखी घर–परिवार चलाउने भारले आफु थिचिएको उनको दुःखेसो छ । ‘छोरालाई कसैले देखे–भेटेमा खबर गरिदिए हुन्थ्यों ।’ सहयोगको याचना गर्दै आमा हिउसरीले भनिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *