आठविसकोट महोत्सवमा आज पनि दर्शकको घुईचो

आठविसकोट महोत्सवमा आज पनि दर्शकको घुईचो

"0" Comments

रुकुम पश्चिम  । आठविसकोटमा आयोजित पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवमा आज ११ औं दिन पनि दर्शकको घुईचो लाग्यो । गत चैत्र २२ गतेबाट सुरु भएको महोत्सवमा आज कलाकार तिलक परियार लगायत स्थानीय कलाकारको प्रस्तुति रहेको थियो ।

सुरुका दिनबाटै दर्शकको राम्रो साथ पाएको आठविसकोट पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवमा आज ३ हजार दर्शक आएको आयोजक संयोजक तुल देवकोटाले जानकारी दिए । उनका अनुसार रुकुम पश्चिम र जाजरकोटका विभिन्न ठाउँबाट महोत्सव हेर्न दर्शकहरु आउने गरेका छन् ।

महोत्सव ४ गते सम्म संचालन हुने छ । आज सकिने भनिएको महोत्सव दुई दिन थप गरेर सञ्चालन गर्न लागिएको हो । नगरपालिकाबाट अनुमति ल्याएर महोत्सवको समय थप गरिएको आयोजक संयोजक देवकोटाले बताए । भोली दिलिप रायमाझी आउने छन् । महोत्सवमा ५० वटा व्यापारीक स्टलहरु पनि रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *