रुकुम पश्चिमको मुसिकोट र सिम्रुतुमा ‘सिर्जना–उत्सव’ सम्पन्न

रुकुम पश्चिमको मुसिकोट र सिम्रुतुमा ‘सिर्जना–उत्सव’ सम्पन्न

"2" Comments

रुकुम पश्चिम । जिल्लाको सदरमुकाम स्थित मुसिकोट नगरपालिका–५ सेरीगाउँ र त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा ‘सिर्जना–उत्सव’ को आयोजना गरिएको छ । नेपाली कलासाहित्य डट कमको आयोजनामा शुक्रबार सिम्रुतुमा र शनिबार मसिकोटमा कार्यक्रमका गरिएको हो ।

बिभिन्न स्थानिय झाँकी, लोक संगित र गायन तथा कविता प्रतियोगिता गरिएको यस कार्यक्रममा नेपालका थुप्र्रै नाम चलेका लेखक तथा कवीहरु सहभागी भएका थिए । मोमिला जोशी, डा. विमल कोईलारा, दिनेश अधिकारी, उषा शेरचन, लक्ष्मण गाम्नागे, भागवत खनाल, केशव सिग्देल, महेश पौड्याल, सरस्वती प्रतिक्षा र मणि लोहनी लगाएतको उपस्थिती रहेको थियो ।

दुबै स्थानमा भएका कार्यक्रममा प्रतियोगी स्थानिय कलाकार र कवीहरुलाई पुरस्कृत गरिएको थियो भने आमन्त्रीत कवी तथा लेखकहरुले पनि आफ्नो सिर्जना प्रस्तुत गरेका थिए । जिल्लाको साहित्यिक ईतिहासमा पहिलोपल्ट यसप्रकारको कार्यक्रमको आयोजना गरिएको बताउदैं कार्यक्रम संयोजक पुर्ण ओलीले यसले सहित्य सिर्जनामा लागेकाहरुलाई हौसला प्रदान हुने बताए ।

मसिकोट र त्रिवेणी गाउँपालिका तथा बिभिन्न सहयोगी दाताहरुको समेत सहयोगमा दुबै स्थानमा ‘सिर्जना उत्सव’ आयोजना गर्न सफल भएको पनि संयोजक ओलीले बताए ।


2 thoughts on “रुकुम पश्चिमको मुसिकोट र सिम्रुतुमा ‘सिर्जना–उत्सव’ सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *