धुलाम्मे सडकले सर्वसाधारणलाई सास्ती

धुलाम्मे सडकले सर्वसाधारणलाई सास्ती

"0" Comments

रुकुम पूर्व । सिस्ने गाउँपालिका–६ छिप्रिदह देखी बालुवासम्मको सडक खण्ड धुलाम्मे हुदाँ आवतजावतमा सकस भएको छ । कच्ची बाटोमा सवारी साधनको चाप धेरै हुदाँ धुलोको सास्ती बढेको हो ।

दश बर्षअघि ट्रयाक खोलिएको मार्गमा ग्रावेलसम्म पनि नहुदाँ यात्रा गर्न मात्रै नभएर वरीपरीको वातावरणमा समेत असर परेको स्थानिय हरि गौतमले बताउछन् । ‘यो बाटोमा हिड्न त मुस्किल छ नै, साथै बाटो छेउका हामीलाई बसिसक्नु भएन’ उनले भने ।

बाटोको धुलोका कारण सर्वसाधारणको दैनिका प्रत्यक्ष असर परिरहेको भएपनि सरोकारवालो सडक सुधारका लागी पहल नगरेको अर्का स्थानिय शुसिल गौतमको गुनासो छ ।

सिस्ने गाउँपालिकाको १ र २ का साथै भुमे र पुथाउत्तरगंगाका केही वडाका सर्वसाधारणका लागी सदरमुकाम आवतजावत गर्ने मुल मार्गका रुपमा रहेको यो सडक खण्ड सुधारका लागी पालिकाले आवश्यक पहल गरिरहेको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताएका छन् । उनले भने, ‘सडकको स्तरोउन्नतीका लागी पटक-पटक संघ र प्रदेश सरकारलाई अनुरोध गरिएपनि सुनुवाई हनु सकेको छैन । अब हामी थप पहल गरेर अघि बढ्छौं ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *