मुसीकोटमा प्रेस काउन्सिलको आचारसंहिता जागरण कार्यक्रम

मुसीकोटमा प्रेस काउन्सिलको आचारसंहिता जागरण कार्यक्रम

"0" Comments

रूकुम पश्चिम । प्रेस काउन्सिल नेपालको आयोजनामा आज मुसीकोटमा मिडिया विकास कोष अन्तरगत आचारसंहिता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा काउन्सिलले तय गरेका पत्रकार आचारसंहिता बारे सरोकारवालालाई जानकारी गराउदैं मिडिया विकास कोषका बारेमा स्पस्ट पारिएको थियो । कार्यक्रममा आफ्नो भनाई राख्दैं अध्यक्ष वालकृष्ण वस्नेतले  प्रेस काउन्सिल पत्रकार र राज्यका बिचमा पुलका रूपमा काम गरिरहेको बताए ।

‘सरकारले श्रमजीवी पत्रकारका पक्षमा पुरा काम गर्न सकेको छैन ।’ उनले भने, ‘पत्रकारका र संचारगृहका नाममा अरू-अरूको सक्रियताले समस्या बनाईरहेको छ। यसका लागी हामी निरन्तर लागिरहेका छौ ।’

पत्रकार र संचार मध्यमले निर्धारित कानुन र आचारसंहिता परिपालन गर्नुपर्ने कुरामा कान्सिलका सदस्य ठाकुर बेलबासेले जोड दिए । ‘पत्रकारले स्वतन्त्र भएर काम गर्न सकेमात्र हाम्रो ईज्जत र गरिमा कायम रहन्छ।’ उनले भने ।

प्रेस काउन्सिलका शाखा अधिकृत विष्णु लम्साल र महेन्द्रराज सिंहको पनि सहभागिता रहेको कार्यक्रममा जिल्ला स्थित बिभिन्न संचार संस्थाका प्रमुख तथा प्रतिनिधीका सात्रै पत्रकारहरूको उपस्थित रहेको थियो । प्रेस काउन्सिल नेपालद्वारा आयोजनामा गरिएको कार्यक्रमको संयोजन नेपाल पत्रकार महासंघ रूकुम पश्चिम शाखाले गरेको थियो ।

महासंघका उपाध्यक्ष गोपाल रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रमको संञ्चालन महासंघका सह-सचिव नारायण ओलीले गरेका थिए । काउन्सिलका तर्फबाट पत्रकार आचारसंहित उल्लेखित होडिङ बोर्ड र पत्रकार महासंघ रूकुम पश्चिम शाखाका तर्फबाट मिडिया डायरी आपासमा आदानप्रदान पनि गरिएको थियो ।

साथै रूकुम पश्चिमका १९ जना भुकम्पपीडित पत्रकारहरूलाई ईन्टरनेटको शुल्कमा सहुलियत रकम पनि काउन्सिलका तर्फबाट प्रदान समेत गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *