कर्णालीको मन्त्रिपरिषद् विस्तार
कर्णालीको मन्त्रिपरिषद् विस्तार
सुर्खेत । कर्णाली प्रदेशको मन्त्री मण्डलमा एक जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियार बिना विभागीय मन्त्री बनेका हुन् ।
उनले आज बुधबार प्रदेश प्रमुख तिलक परियार समक्ष शपथ लिएका हुन् । मन्त्रीमा नियुक्त हुनुभएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुन् । गत चैत्र २७ गते नियुक्त हुनुभएका मुख्यमन्त्री यामलाल कँडेलले १५ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
सत्ता साझेदार दलबिच मन्त्रालय भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । मंगलबार एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि परियारले शपथ लिएका हुन् । बाँकी मन्त्रीको शपथ बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि विस्तार हुने जनाइएको छ ।